मार्तडी बजारबासीले चढाए मालिका मन्दिरमा ७३ हजारको घण्ट

नजिक न्युज संवाददाता    

बाजुरा : मिनी मालिकाको रुपमा परिचित मालिका मन्दिरमा घण्ट चढाइएको छ । चैते दशैंको अवसर पारेर मार्तडी बजार व्यवस्थापन समितिले घण्ट चढाएको हो । देश शान्ति र सामाजिक सद्भावको कामना सहीत धार्मीक आस्थाको केन्द्र मालिका मन्दिरमा घण्ट चढाएको समितिका अध्यक्ष चक्रबहादुर मल्लले बताएका छन् । 

मार्तडी बजार व्यवस्थापन समितिले बजारमा रहेका व्यापारीहरुसंग रकम संकलन गरेर ७३ हजार ७ सय रकम बराबरको ५५ किलोको घण्ट चढाएका हुन् । धार्मीक तथा पर्यटकीय दृष्टिकोणले मन्दिरको महिमा र गरिमा बढाउन घण्ट चढाएको व्यापारी सुरेन्द्र नाथले बताएका छन् ।

घण्ट खरिद बाहेक गेट निर्माण गरेर १ लाख ५० हजार बढी रकम व्यापारीले चन्द्रा संकलन गरेरै चढाएका हुन् । व्यापारीले आज चैते दशैंको अवसरमा सामुहीक पुजापाठ समेत गरेका छन् ।

चैते दशै तथा घण्ट चढाउने बिशेगा धार्मीक पूजापाठ कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्ल सचिव धनबहादुर रोकाया सहीत समितिका सदस्य र व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, बडीमालिका ३ का अध्यक्ष विरबहादुर रावल, ९ का अध्यक्ष लालबहादुर नेपाली, उद्योग बाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया लगायतपनि सहभागि थिए । 

मालिका मन्दिरलाई बडीमालिकाको आस्था विश्वास सहीत स्थानीयले पूजापाठ गर्ने गरेका छन् । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ ।

सत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा मन्दिरमा पूजापाठ गरिन्छ । 

 



शनिबार २६, चैत २०७८ ०८:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.