चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

नजिक न्युज संवाददाता    

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं : चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि शनिबार भएको छ ।

१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो ।

२० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका चिनियाँ अधिकारीहरुले गरेका थिए । तर चीनको राज्य सरकारले शनिबारमात्र सबैको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।



आइतबार १३, चैत २०७८ ०६:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.