धनगढी: कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशकै पहिलो स्थानमा आएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको हो। सय अंकभारमा ७० भन्दा बढी अंक प्राप्त गर्दा अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको छ।
गाउँपालिकाले ७८.६९ अंक प्राप्त गरेको छ। त्यस्तै दोस्रोमा मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिकाले ७७.११, तेस्रोमा कैलालीको कैलारी गाउँपालिकाले ७६.४९, चौथोमा कन्चनपुरको भिमदत्त नगरपालिकाले ७६.३८ र पाँचौंमा गुल्मीको धुर्कोट गाउँपालिकाले ७६.५४ अंक प्राप्त गरेका छन्। धादिङको गल्छी गाउँपालिकाले सबैभन्दा कम ३५ अंक ल्याएको छ।
१७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। समयमै बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरेरनगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हा। यहि मूल्यांकनका आधारमा आयोगले आगामी आर्थिक वर्षका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्नेछ।
प्रतिकृया दिनुहोस