बाजुरा : जुरामा स्वास्थ्य दिवसको अवसरमा खुला डबल ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा “म हिड्छु, मेरो प्रदेश हिड्छ, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ २ दिन स्वास्थ्य दिवसको अवसर पारि प्रतियोगितको आयोजना गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।
दिवसको अवसरमा फागुन १८ र १९ गते दुई दिन खुला डबल ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने उनले बताए । सो प्रतियागितामा भाग लिने इच्छुक खेलाडीहरुले स्वास्थ्य कार्यालय बाजुराको कार्यालयमा फागुन १७ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने बताईएको छ ।
प्रतियोगितमामा भाग लिने खेलाडीहरुले ड्रेस तथा खेल सामाग्री आफैले व्यवस्था मिलाउनु पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । टिम दर्ता शुल्क र प्रतियोगिताको पुरस्कार रासी भने खुलाएको छैन् ।
प्रतिकृया दिनुहोस