बाजुरा : फुटबल खेलाडी दिनेश रेग्मी बाजुराबाट बी डिभिजन खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । नेपाल फुटबल संघ एन्फाले रहेक वर्ष खेलाउने डिभिजन लिग अन्र्तगत बी डिभिजन खेल खेल्ने दिनेश रेग्मी बाजुराका पहिलो खेलाडी हुन् ।
बुढीनन्दा नगरपालिका २ कोल्टी रेग्मीले टुसाल क्लब बौद्धबाट बी डिभिजन खेल्ने भएका हुन् । सि डिभिजनमा भने बाजुराका दर्जन बढी खेलाडीले नाम सूचीकृत गरिसकेका छन् । बाजुराबाट सि डिभिजनका लागि रानीवन स्पोर्टस युथ क्बल छनोट नै भएको छ ।
रानीवनबाट सि डिभिजन छनोट खेल खेल्ने २४ जना मध्ये १५ जना बढी खेलाडी बाजुरा जिल्लाकै थिए । सानैदेखि फुटबल खेलमा रुचि राख्ने रेग्मीले जिल्ला बाहिर र भित्र पनि थुप्रै खेल खेलिसकेका छन् ।
बाजुरामा आयोजना हुने छेडेदह कप फुटबल प्रतियोगिता दोस्रो संस्करणको उपाधी नै जित्न सफल भएका थिए । सुरुमा साइनिग स्टार, सूर्यतारा फाउन्डेसन सहीतका क्लबबाट खेल खेल्ने गरेका रेग्मी बी डिभिजन भने परिचत क्बल टुसालबाट खेल्न थालेका हुन् ।
विगत लामो समयदेखि बाजुरामा जिल्ला र क्षेत्रस्तरीय फुटबल खेल्दै आएका दिनेशले काठमाडौंका विभिन्न क्लबमा आबद्ध भएर फुटबल खेलेका थिए । उनी हाल यो वर्ष हुने म्यारिट मेमोरियल बी डिभिजन लिग खेल्नका लागि टुसाल क्लब बौद्धसँग आबद्ध भएका छन् ।
दिनेश बाजुराबाट सि डिभिजन खेल्ने पनि पहिलो खेलाडी हुन् । उनी विशेषतः डिफेन्डिङ पोजिसनमा खेल्दै आएका छन् । उनी बाजुराको कोल्टीमा रहेको क्लब सूर्यतारा फाउन्डेशनको कप्तानको भूमिकामा छन् । पछिल्लो समय भने जिल्ला स्तरीय खेल कन्सन बाजुराबाट खेल्ने गरेका छन् ।
दिनेशको यो सफलताले बाजुराका फुटबल प्रेमीका लागि पनि हैसलाको विषय बनेको छ । खेल क्षेत्रमा नै भविष्य बोकेका दिनेश विद्यालयमा खेल शिक्षकको भूमिकामा समेत कार्यरत छन् ।
प्रतिकृया दिनुहोस