कैलालीको एक होटेलमा पुरुष मृत भेटिए

नजिक न्युज संवाददाता    

कैलालीको एक होटेलमा पुरुष मृत भेटिए

धनगढी : कैलालीमा एक पुरुष होटेलमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

घोडाघोडी नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार डान यही माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए।

शनिबार उनी ओछ्यानमै घोप्टिएको अवस्थामा मृत भेटिएका प्रवक्ता जोशीले बताए। मृत्युको कारण भने खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। 



आइतबार १६, माघ २०७८ ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.