धर्मकर्ममा सुदूरपश्चिमका मुख्यमन्त्री !

नजिक न्युज संवाददाता    

धर्मकर्ममा सुदूरपश्चिमका मुख्यमन्त्री !

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धर्मकर्ममा सक्रिय बनेका छन्। कोरोना महामारीको तेस्रो लहर उकालो लागिरहेका बेला मुख्यमन्त्री भट्ट गृह जिल्लामा धर्मकर्मका कार्यक्रममा व्यस्त बनेका हुन्। 

मुख्यमन्त्री त्रिलोचन भट्ट आज (शनिबार) मात्रै डोटीको जोरायल २ स्थित बिष्णु पादुका रहेको स्थानमा एक तपस्या कार्यक्रममा सरिक भएका थिए। उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले सामाजिक सन्जालमार्फत सो ७ दिने तपस्या आज सम्पन्न भएको जानकारी दिएका हुन्। 

उनले लेखेका छन्, ‘नेपालका प्रथम ऐतिहासिक जगत गुरु ज्युद्वारा सुदूरपश्चिम प्रदेशको धार्मिक, पुरातात्त्विक क्षेत्र डोटी जोरायल २ कमलानदी नजिक बिष्नु पादुका रहेको स्थानमा ७ दिनसम्म तपस्या र ध्यान गरी आज सम्पन्न, माननीय मुख्यमन्त्री ज्युद्वारा उक्त क्षेत्रको अवलोकन।

उक्त धार्मिक पौराणिक क्षेत्रको धार्मिक पर्यटनको सम्भाव्यता रहेकोले आवश्यक विकास गरिने प्रतिबध्दता। मानसखन्ड स्कन्द पुराणअनुसार हिन्दु बैश्णब समुदायको लागि पवित्रस्थल हुने जगतगुरु ज्युद्वारा जानकारी साथै करिब ५००० बर्ष पुरानो भगवान् बिष्नुको पाउको छाप भएको अनुमान।’ मुख्यमन्त्रीले सो क्षेत्रको विकासमा पहल गर्ने उनको भनाइ छ।

केही महिनायता मुख्यमन्त्री भट्ट गृहजिल्ला केन्द्रित भएका छन्। उनी डोटीमा विभिन्न राजनीतिक तथा धार्मिक कार्यक्रममा सक्रिय रहेका छन्।



शनिबार ०८, माघ २०७८ ०५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.