‘प्रहरीबाटै मोबाइल चोरिएको घटना अपत्यारिलो छ’

नजिक न्युज संवाददाता    

‘प्रहरीबाटै मोबाइल चोरिएको घटना अपत्यारिलो छ’

धनगढी : मोबाइल व्यवसायीहरूले बर्दीसहित पसल छिरेर मोबाइल चोर्ने घटना अपत्यारिलो भएको बताएका छन्। मोबाइल व्यवसायीहरूको संस्था नेपाल मोबाइल व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको हो।

विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोबाइल चोरिएको घटना अपत्यारिलो भएको र मोबाइल व्यवसायीहरू असुरक्षित भएको उल्लेख गरिएको छ। महासंघले चोरीमा संलग्न दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेको छ।

कारबाहीमा लापरबाही गरिए कडा कदम चाल्ने चेतावनीसमेत महासंघले दिएको छ। माघ ६ गते राति लागूऔषध कारोबार भइरहेको सूचना पाएको भन्दै ग्लोबल मोबाइल ग्यालरीमा छिरेका प्रहरीले मोबाइल चोरेको सीसीटीभी फुटेज भाइरल भएको थियो।

चोरीमा संलग्न भएका हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाल निलम्बनमा परिसकेका छन्। जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत उनीहरुविरुद्ध चोरीमा मुद्धा दर्ता भएर म्याद थप भइसकेको छ। 



शनिबार ०८, माघ २०७८ ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.