निजामती कर्मचारी संगठन बाजुराको ९ औं जिल्ला अधिवेशन मार्तडीमा सञ्चालन

नजिक न्युज संवाददाता    

निजामती कर्मचारी संगठन बाजुराको ९ औं जिल्ला अधिवेशन मार्तडीमा  सञ्चालन

बाजुरा :  नेपाल निजामती कर्मचारी संगठन बाजुराको नवौं जिल्ला अधिवेशन मार्तडीमा सुरु भएको छ । नयाँ नेतृत्व चयन र संगठनका आगामी नीति कार्यक्रम तय गर्ने गरि अधिवेशन सञ्चालन गरिएको हो ।

नेकपा एमाले बाजुराको पार्टी कार्यालय हलमा आयोजना गरिएको अधिवेशनको उद्घाटन नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले गरेका हुन् ।

संगठनका पूर्व केन्द्रीय अध्यक्ष पुण्य ढकालको बिशेष उपस्थितिमा उद्घाटन समारोह सञ्चालन गरेको संगठनले अधिवेशनबाट २१ सदस्यीय नयाँ जिल्ला नेतृत्व चयन गर्ने अध्यक्ष मिनप्रसाद जैशीले बताएका छन् ।

निजामती सेवामा आवद्ध र सरकारी सेवामा कार्यरत एमालेका शुभेच्छुक कर्मचारीहरुको छाता संगठनका रुपमा रहेको निजामती कर्मचारी संगठनको बन्द सत्र पनि आजैबाट सञ्चालन भएको छ ।

संगठनका जिल्ला अध्यक्ष मिनप्रसाद जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिति प्रतिनिधी सभा सदस्य लालबहादुर थापा रहनु भएको थियो, भने बिशिष्ठ अतिथि निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाल रहनु भएको थियो ।

उहाँहरुले कर्मचारी राज्यको स्थायी सरकार र जनताको सेवक भएकोले नागरिक सेवामा प्रतिवद्ध रहनु पर्ने बताएका छन् । शुभकामना मन्तव्य राख्ने एमाले प्रदेश कमिटी सदस्य जहरसिंह थापा, पार्टी जिल्ला सचिव भरत थापा, कर्मचारी संगठनका नेताहरु, अनेरास्ववियुका उपमहासचिव नरेश रोकाया, निजामती युनियन संघका अध्यक्ष कुलबहादुर रावल सहीतले कर्मचारीको पहिलो जिम्मेवारी जनताको सेवा भएको बताएका छन् ।

दिपेन्द्र पाण्डेले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष अंगत महतले गरेका हुन् । कोरोना जोखिमको विषयलाई लिएर २५ जना भन्दा बढी उपस्थित हुन सरकारले रोक लगाएपनि पूर्व निर्धारित कार्यक्रम भएकोले स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यक्रम गरिएको संगठनले बताएको छ । 



बुधबार ०५, माघ २०७८ ०६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.