बडीमालिका–७ मा बालबालिकालाई न्यानो कपडा वितरण

नजिक न्युज संवाददाता    

बडीमालिका–७ मा बालबालिकालाई न्यानो कपडा वितरण

बाजुरा : जिल्लाको बडीमालिका नगरपालिका–७ मा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । सोही वडामा रहेका ४ वटा विद्यालयका १ सय ६५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । 

बडीमालिका नगरपालिका वडा नंं.७ का वडाध्यक्ष धर्मराज पाध्यायको पहँल र सामाजिक सेवा समूह फाउण्डेसन नेपालकोे आर्थिक सहयोगमा चिसो छल्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बताईएको छ ।

चिसो प्रभावित ढम्कनेस्थित सरस्वती आधारभूत विद्यालयका १ सय ३५ जना र अन्य तीन वटा सामुदायिक विद्यालयका १०÷१० गरी १ सय ६५ जना विपन्न बालबालिकालाई ज्याकेट वितरण गरिएको वडाध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

बडिमालिका नगरपालिका ७ का १ सय ६५ जना बालबालिकालाई न्यानो लुगा बितरणचिसो बढेसँगै आर्थिक रुपमा विपन्न, बाढीपीडित, असहाय, बालबालिकालाई न्यानो कपडा वितरण गरिएको उनले बताए । चिसो छल्न वितरण गरिएको ज्याकेटले बालबालिकालाई चिसोबाट बच्न सहयोग पुग्ने सरस्वती आधारभूत विद्यालयका शिक्षक बलबहादुर रोकायाले बताएका छन् ।

विद्यालयमा बालबालिकाहरु पातलो कपडा लगाएर आउने गर्थे चिसोले कठ्याङ्ग्रीनु पर्ने बाध्यता थियो, वडाध्यक्ष पाध्याले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ, अब यो समस्या हट्ने शिक्षक रोकायाले बताए ।

बालबालिकाहरु न्यानो ज्याकेट पाएसंगै खुसी भएका छन् । चिसो छल्न विपन्न बालबालिकालाई ज्याकेट वितरण गरेपछि अध्यक्ष पाध्यायप्रति खुसी हुनुको साथै विद्यालयले धन्यवाद व्यक्त गरेका छन् । 

May be an image of 2 people, child, people standing and outdoors



बुधबार ०५, माघ २०७८ १०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.