बडीमालिका नगरपालिकाका ९ जना कर्मचारीमा कोरोना संक्रमण

नजिक न्युज संवाददाता    

बडीमालिका नगरपालिकाका ९ जना कर्मचारीमा कोरोना संक्रमण

बाजुरा : बाजुरामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाका ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पतल बाजुरामा एन्टिजेन विधीबाट गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको बडीमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले बताएका छन् ।

बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिृत रंगमल विक सहीत ९ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । बाजुरामा समेत दैनिक दिन कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपनि बाजुरामा सवाधानी भने अपनाएको देखिदैन् जिल्ला प्रशासन कार्यालय बाजुराले सावाधानी उपनाउन आग्रह गरेको भएपनि सर्वसाधारणले भने बास्ता गरेको छैनन् ।

अनिर्वाय मास्क लगाएर हिड्नु पर्ने र २५ जना भन्दा बढी सहभागि हुन नपाइने भनेर थाहा हुँदा समेत नियमको भने उलघंन गरेको पाईएको छ । दैनिक दिन कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपनि यसमा खासै कसैले पनि चासो राखेका छैन् । 



बुधबार ०५, माघ २०७८ ०९:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.