बाजुरा : जिल्लाको सदरमुकाम मार्तडीमा विद्युत आपूर्तिको माग गर्दै बाजुराबासी आन्दोलनमा उत्रिएका छन् ।
जिल्लाको सदमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रले पूर्ण रुपमा विद्युत सेवा दिन नसक्दा बजार बासी आन्दोलनमा उत्रिएका हुन् ।
सोही विद्युत केन्द्रले विद्युत महसुल लिने गरेको तर विद्युतको आपुर्ति नगरेको हुँदा आन्दोलनमा उत्रिनु परेको नागरिक समाजका अगुवा बुद्धि बोगटीले बताएका छन् ।
आन्दोलनमा उत्रिएका बजारबासीले जिल्लामा सञ्चालित त्रिबेणी साना जलविद्युत केन्द्र र विद्युत वितरण केन्द्र बाजुराको शाखा कार्यालयमा ताला लगाएका छन् । कार्यालयमा लगाएका ताला माग पूरा नहुञ्जेलसम्म नखुलाउने र चरण बद्ध आन्दोलन समेत गर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय प्रशारण लाइन विस्तार भएर पावर हाउस नजिकै पुगिसकेको छ । सरकारले देशमा लोडसेडिङको अन्त्य गरेको भएपनि बाजुरा बासीले दैनिक ५ देखि १० घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको भन्दै बजारवासी आन्दोलनमा उत्रिएका हुन् ।
विद्युत सेवा नियमित र लोडसेडिङ अन्त्य गर्नु पर्ने माग गर्दै आन्दोलमा उत्रिएका स्थानीयमाथि प्रहरीले हस्तक्षेप गरेको छ । मंगलबार त्रिवेणी साना जलविद्युत केन्द्र कार्यालय अगाडी विद्युत सेवा नियमित गर्नु पर्ने माग सहीत प्रर्दशनमा उत्रिएका सहभागिमाथि प्रहरीले लाठी चार्ज गरेको हो ।
प्रहरीको लाठी जार्चबाट आन्दोलनमा सहभागि स्थानीय घाइते भएका छन् । आन्दोलनमा उत्रिएका केही स्थानीयमाथि प्रहरीले लाठी जार्च गर्दा शक्त घाइते भएको नागरिक समाज बाजुराले जनाएको छ ।
प्रतिकृया दिनुहोस