अनेरास्ववियु बाजुराले विद्युत प्राधिकरणलाई बुझायो, कापी, कलम र बल्ब

नजिक न्युज संवाददाता    

अनेरास्ववियु बाजुराले विद्युत प्राधिकरणलाई बुझायो, कापी, कलम र बल्ब

बाजुरा :  मार्तडी बजारको विद्युत नियमित गर्न र राष्ट्रिय प्रशारण लाइन जिल्लामा विस्तार गर्न माग सहीत अनेरास्ववियुले विद्युत प्राधिकरणको जिल्ला कार्यालय बाजुराको ध्यानाकर्षण गराएको छ । दबाबका लागि कापी, कलम र बल्ब कार्यालयलाई बुझाएर ध्यानाकर्षण गराएको हो । 

विद्युत कार्यालय स्थापना गरिएको तीन वर्ष बितिसकेको र विद्युत लाइनको परिक्षण प्रशारण समेत सफल भइसकेको अवस्थामा सेवा विस्तारमा ढिलाई गरेको प्रति अनेरास्ववियुले आपत्ती जनाएको छ । अनेरास्ववियु बाजुराले हातमा बल्ब, कापी र कलम लिएर कार्यालय प्रमुखलाई बुझाएको अध्यक्ष दिलबहादुर थापा भोटेले बताएका छन् ।

मार्तडीमा बजारको विद्युत अनियमित हुँदा सरकारी काम काज अवरुद्ध भएको, विद्यार्थीले पठन पाठन गर्न नपाएको भन्दै तत्काल सेवा सञ्चालन प्रक्रिया अघि बढाउन माग गरेको छ । 

May be an image of 3 people and people standingविद्यार्थी नेता दिल थापा भोटे, किसन खत्री, लक्ष्मण रोकाया सहीतको टोली गएर साता दिन भित्र निकास निकाल्ने काम नभए थप संघर्षका काम अघि बढाउने चेतावनी दिएका छन् । मार्तडीमा बर्षादमा बाढी र हिउँदमा आपूर्ति कमको बाहनामा विद्युत अनियमित हुने गरेको छ ।

त्रिवेणी साना जलविद्युत केन्द्रको लापरवाही र प्राविधिकरणको बेवास्ताले विद्युत नियमित बाल्न नपाएको गुनासो स्थानीयको छ । निर्णायक आन्दोलन गर्न बाध्य स्थानीयले आजैबाट विद्युत कार्यालय र त्रिवेणीमा तालाबन्दी गरेका छन् ।



मङ्गलबार ०४, माघ २०७८ ०५:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.