अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु

भारतको अरुणाचल प्रदेशमा पनि भूकम्प

नजिक न्युज संवाददाता    

अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु
अफगानिस्तानका भूकम्प प्रभावित । फाइल तस्वीर, एपीएफ ।

 काठमाडौं : अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । 

प्रान्तका प्रवक्ता बाज मोहम्मद सरवरीले समाचार एजेन्सी एएफपीसँग भनेका छन् – भूकम्पबाट पाँच महिला र ४

बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भारतमा पनि भूकम्प

यसैबीच मंगलबार बिहानै भारतको अरुणाचल प्रदेशमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान साढे चार बजे ४.९ म्याग्निच्युटको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हालसम्म भूकम्पले क्षति पुर्याएको जानकारी प्राप्त नभएको भारतीय मिडियाहरुले लेखेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको पूर्वोत्तर क्षेत्रमा सोमबार राति पनि ३० मिनेटको अन्तरालमा दुई पटक साना भूकम्पको धक्का महसुस गरिएको थियो ।



मङ्गलबार ०४, माघ २०७८ ०८:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.