२३ वर्षीया आरती एमाले जिल्ला सदस्यमा विजयी

नजिक न्युज संवाददाता    

२३ वर्षीया आरती एमाले जिल्ला सदस्यमा विजयी

काठमाडौं। नेकपा एमाले सुनसरीको जिल्ला सदस्यमा २३ वर्षीया युवतीले बाजी मारेकी छन्। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा केन्द्रीय कमिटीमा सक्रिय रहेकी आरती भट्टराई सुनसरी जिल्ला कमिटिको सदस्यमा निर्वाचित भएकी हुन् ।

भट्टराईले एमाले सुनसरीको सातौँ जिल्ला अधिबेशनमा बराहक्षेत्र नगरपालिका भूगोलबाट निर्वाचित हुदै एमालेमा कान्छी जिल्ला कमिटि सदस्यको रुपमा इतिहास रच्न सफल भएकी हुन् ।

उनी ९०२ मतका साथ निर्वाचित भएकी हुन् । बराहक्षेत्रबाटै नन्दकुमारी राई जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । भट्टराई अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत हुन । सानै उमेरदेखि बिधार्थी राजनीतिमा लागेकी भट्टराई अखिलमा समेत निकै लोकप्रिय नेता हुन् ।



मङ्गलबार ०४, माघ २०७८ ०८:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.