त्रिवेणीका २७ जना एकल महिलालाई माघी कोशेली

नजिक न्युज संवाददाता    

त्रिवेणीका २७ जना एकल महिलालाई माघी कोशेली

बाजुरा :  त्रिवेणी नगरपालिकाका एकल महिलालाई माघे संक्रान्ति विशेष माघी कोशेली वितरण गरिएको छ । नगरपालिकाका २७ जना अति विपन्न परिवारका एकल महिलालाई माघी पर्व मनाउन सहयोगका लागि कोशेली वितरण गरिएको हो ।

प्रत्येक वडाका ३ जनाका दरले नौ वटा वडाका २७ जनालाई खाद्यन्न सहीतको राहत कोशेली सहयोग गरिएको नगर उपप्रमुख राधिका सुनारले बताएकी छन् । बाजुरा सहीत जिल्लामा यहाँका स्थानीयले माघी पर्वलाई विशेष महत्वका साथ मनाउने गरेका छन् ।

त्रिवेणी नगरपालिका महिला तथा बालबालिका शाखा अन्र्तगत कोशेली वापत तेल साबुन, चिनी, नगर सहयोग गरिएको हो । माघी पर्व मनाउन सजिलो होस् भन्ने उदेश्यले कोशेली सहयोग गरिएको नगर उपप्रमुख राधिका सुनारले बताएकी छन् ।  

वडाका जनप्रतिनिधीलाई नै जिम्मा दिएर एकल महिलाहरुलाई कोशेली वितरण गरिएको छ । स्थानीय मेला पर्व मनाउन एकल महिलालाई समस्या हुने विषयलाई मध्येनजर गरेर वितरण गरिएको छ । माघी पर्व बाजुराका स्थानीयले चेली तिहारको रुपमा मनाउने गरेका छन् ।



शुक्रबार ३०, पुष २०७८ ०७:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.