बाजुरा : अखिल नेपाल महिला संघ बाजुरा छटौं जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगीत गरिएको छ । संघको नेतृत्व चयनमा सहमति नभएपछि अर्को सूचना नआएसम्म स्थगीत गरिएको हो ।
अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका चार जना मध्ये सिता बराल थापा र तुला पाध्यायले सहमति दिन तयार भएपनि कोपीला सिंह र सिता थापाबीच सहमति नभएको श्रोतको दाबी छ ।
नेतृत्वमा एकले अर्कोलाई सहमति दिन नमानेपछि अधिवेशन स्थगीत गरिएको निवर्तमान अध्यक्ष मन्देवी ओलीले बताएकी छन् । अध्यक्षमा अन्तिम दुई जनाको दाबी परेको छ । दाबी गरेका कोपीला सिंह निर्वमान उपाध्यक्ष हुन्, भने सिता थापा सचिव हुन् ।
उद्घाटन सत्र पछिको उम्मेदवारी दर्तामा उपाध्यक्षका लागि चार जनाको दाबी छ । जगदेवी रोकाया, रेखा कडारा, रुक्मणी शाह र पार्वती सुनारले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
संघको विधानमा २ जना उपाध्यक्ष रहने व्यवस्था छ । यस्तै सचिवमा पनि देबु खाती र दुर्गा थापाको दाबी छ । एकले अर्कोलाई सहमति गर्ने अवस्था नआएपनि अधिवेशन नै स्थगीत गरिएको हो ।
नेताहरुको आडमा दोहोरो उम्मेदवारी दिएका महिला नेतृहरुले चुनावी मैदानमै जाने अडान गरेका छन् । एमाले जिल्लाको पार्टी नेतृत्व सहमतिका नाममा घोषणा गरेका नेताहरुले अनेमसंघको नेतृत्व चयनमा भने मौन समर्थन देखाएपनि हस्तक्षेप गर्न पछि हटेको देखिएको छ ।
प्रतिकृया दिनुहोस