अनेरास्ववियु बाजुराको नयाँ नेतृत्व चयन, अध्यक्षमा दिल थापा भोटे

नजिक न्युज संवाददाता    

अनेरास्ववियु बाजुराको नयाँ नेतृत्व चयन, अध्यक्षमा दिल थापा भोटे

बाजुरा : अनेरास्ववियु बाजुराको नयाँ नेतृत्व चयन गरिएको छ । अनेरास्ववियु बाजुराको १० औं जिल्ला सम्मेलनबाट दिल थापा भोटे अध्यक्ष रहने गरी नयाँ नेतृत्व चयन गरिएको हो । मार्तडीमा सम्पन्न १० औं सम्मेलनले ४५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको निवर्तमान अध्यक्ष राजीव रोकायाले जानकारी दिएका छन् ।

नयाँ निर्वाचित कमिटीमा अध्यक्ष दिलबहादुर थापा भोटे, उपाध्यक्ष बलराज पाध्याय, सचिव हिक्मत रोकाया, सहसचिव प्रेम नेपाली, सुशिला मिजार, नन्दबहादुर खत्री र कोषाध्यक्षमा किसनजंग खत्री चयन भएका छन् । 

नव निर्वाचित कमिटीलाई अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश कुमार रोकायाले सपथ ग्रहण गराएका हुन् । दुई दिनदेखि जारी सम्मेलनले सहमतिको नेतृत्व चयन गरेको अनेरास्ववियुका बाजुरा जिल्ला इन्चार्ज कृष्ण कुमार बमले जानकारी दिएका छन् ।

नेकपा एमालेको सातौ जिल्ला अधिवेशनमा सहभागि विद्यार्थीलाई नै बढी सहभागि सम्मेलनमा सबै विद्यालयबाट भने प्रतिनिधी नभएको गुनासो आएको छ । देशमा फैलिएको संक्रमणलाई लक्षित गरेर धेरै भीडभाड नगरि प्रतिनिधी मुलक विद्यार्थी बोलाएरु अधिवेशन समापन गरिएको अनेरास्ववियु बाजुराले बताएको छ । 



बिहिबार २९, पुष २०७८ ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.