बाजुरा : बाजुरा जिल्लाको एमाले जिल्ला कमिटी सदस्यमा २३ वर्षीय समी विष्ट सर्वसम्मत निर्वाचित भएकी छन् ।
बाजुराको बुढीगंगा नगरपालिका–७ निवासी विष्ट जिल्लाको सातौं जिल्ला अधिवेशनमा महिला सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी हुन् । विद्यार्थी जीवनदेखि नै एमालेको विभिन्न जनवर्गीय संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी विष्टले चार वर्षमै जिल्ला तहको नेतत्वमा आफूलाई स्थापित गर्न सफल भएकी छन् ।
विष्ट सम्भव त देशकै कान्छी एमाले जिल्ला सदस्य हुन् । चार वर्ष पहिले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को क्याम्पस कमिटी सदस्यबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी विष्टले अनेरास्ववियु जिल्ला कमिटी सदय र पार्टीको जननर्गिय संगठनमा रहेर हरेका क्रियाकलापमा भूमिका खलेकी थिइन् ।
राजनीतिमा आउनुको मुख्य कारण बुवाबाट प्रभावित भएर विभिन्न काल खण्डलाई सामना गर्दै अहिले एमाले जिल्ला कमिटीको सदस्यमा आउन सफल भएको बताएकी छन् ।
उनले भनिन् बुवाको ३५ वर्षीया राजनीति जीवन अहिले कुनैपनि पार्टीको संगठनमा आवद्ध हुनुहून्न् बुवासंगै राजनीति सुरुवात गरेकाहरु अहिले पार्टीका शिर्ष नेताका रुपमा स्थापित छन्, लामो समयसम्म राजनीतिमा लाग्दासम्म कुनै स्थान नदिएपछि बुवाले राजनीति यात्रा समाप्त गर्नु भो, बुवाको राजनीतिमा अधुरै रहेकोे सपनालाई साकार गर्नकै लागि विद्यार्थी जीवनदेखि नै राजनीतिमा आएकी बताईन् ।
‘कक्षा–८ देखि राजनीतिमा चासो राख्दै आएपनि परिवारले राजनीतिमा आउन दिन रोक लगाएको थियो, आफूले ३५ वर्षदेखि राजनीतिमा हुमिएर केही गर्न सकिएन्, योगदान र क्षमताको कदर हुँदैन् त्यसैले राजनीतिमा जानु हुँदैन भनेर परिवारले रोक लगाउथ्यो तर यो काल खण्डलाई पन्छ्याउँदै आफू राजनीतिमा आएको उनले भनिन् ।’
परिवारले राजनीतिमा रोक लाउँदा समेत आफू भागेर पार्टीका विभिन्न क्रियाकलापमा भाग लिने गर्थे, केही वर्ष अगाडीदेखि भने परिवारबाट सहयोग हुन थालेको विष्टले बताएकी छन् ।
२०७० सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यमा रहेर काम गरेकी विष्टले पार्टी विभिन्न जनवर्गिय संगठन रहेर काम गर्दै आएका हुन्, पार्टीका विभिन्न क्रियाकलापमा सक्रियका साथ भाग लिने व्यक्तिका रुपमा परिचित छन् ।
जिल्ला सदस्यमा निर्वाचित भएपछि विष्टले ‘आफूलाई विश्वास गरेर छिटो समयमै यो जिम्मेवारीमा पुर्याएको छ,‘जनताको भवानाको कदर गर्न राजनीतिमा बढ्दो युवा आकर्षणलाई निरास हुन नदिने बताएकी छन् ।
देश बनाउन सचेत युवा पुस्ताको नेतत्व राजनीतिमा खाँचो परेको बताउँदै जिल्ला सदस्य बन्ने धिनो गरे, एमाले जिल्ला कमिटीको सदस्यमा सर्वसम्मत निर्वाचित भएकी छु’ ‘उनले अब पार्टीलाई बलियो बनाउन र पार्टीभित्र युवाहरुका मुद्दालाई अगाडी सारेर उनीहरुको एजेण्डालाई स्थापित गर्ने विष्टले बताएकी छन् ।
विचारमा नयाँपन, अध्ययनशील, बैचारिक, तार्किक, देशप्रति जिम्मेवारी र कर्तव्यनिष्ट युवाहरुले राजनीतिमा आउन जरुरी रहेको उनले बताइन् ।
उनले भनिन् देशको हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहास हर्ने हो भने परिवर्तनका हरेक इतिहासमा युवाहरुको भूमिका अग्रस्थानमा रहेको छ’ ‘मानव जीवनको भविष्य संकेत भनेकै युवा हुन्, राजनीतिमा युवा पुस्ताको उपस्थिति हुनु पर्छ र युवाहरुको आवाज बुलन्द पारेर युवालाई राजनीतिमा स्थापित गर्नु पर्छ भन्ने हेतुले आफू राजनीतिमा आएको उनले भनिन् ।
त्यस्तै लैंगिक समानताका लागि कुर्सी छोडेर नेतृत्व समाल्न सक्ने योग्य महिलालाई स्थान दिने व्यक्ति आजसम्म कुनैपनि पार्टीमा भेटिएका छैनन्, संख्यात्मक उपस्थितिका लागि मात्र महिलालाई स्थान दिने गरिन्छ, सोही परिपाटीले गर्दा महिलाहरुको नेतृत्व विकासमा बाधा आएने गरेको बताउँदै यसकाविरुद्ध प्रतिनिधित्व गरेर महिलाहरुका आवाजहरु उठाउँने पनि विष्टले बताएकी छन् ।
विष्टसंगै अधिकांश पदाधिकारी र सदस्यहरु पनि युवा पुस्ता नै चयन भएका छन् । एमाले बाजुराको सातौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षमा पुःन कालीबहादुर शाही निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा हरी बहादुर रोकाया र जनक बोहरा रहेका छन् ।
प्रतिकृया दिनुहोस