अछामको चौरपाटीमा ५१ वर्षीया महिला मिलमा सल बेरिँदा मृत्यु

नजिक न्युज संवाददाता    

अछामको चौरपाटीमा ५१ वर्षीया महिला मिलमा सल बेरिँदा मृत्यु

अछाम: अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिँदा मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो । मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिंदा उनको मृत्यु भएको श्रीमान् शंकरमानले जानकारी दिए ।



बुधबार २८, पुष २०७८ ०८:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.