एमाले खप्तड छेडेदह गाउँपालिकाद्धारा जिल्ला कमिटीमा नबस्ने गरी बहिष्कार

नजिक न्युज संवाददाता    

एमाले खप्तड छेडेदह गाउँपालिकाद्धारा जिल्ला कमिटीमा नबस्ने गरी बहिष्कार

बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशन सोमबार सकिएको छ । ४ दिनसम्म सञ्चालन भएको सातौं जिल्ला अधिवेशनको बन्द शत्र दुई दिन सञ्चालन भएको हो ।

सोमबार भएको अधिवेशनको बन्द शत्रमा अध्यक्ष मण्डलले प्रस्तावित नाम सार्वजनिक गरेको थियो । प्रस्ताव सार्वजनिक गरे लगत्तै मनोनयन दर्ता प्रक्रिया समेत अगाडी बढेको थियो । एमाले जिल्ला कमिटी अध्यक्षमा दुई जनाको आकांक्षी रहेको थियो । 

जसमा लालबहादुर ओली र पुःन कालीबहादुर शाहीको रहेका छन्, एमालेको सातौं जिल्ला अधिवेशनले लालबहादुर ओलीलाई पन्छ्याउँदै पुःन काली बहादुर शाहीलाई अध्यक्ष बनाएको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, प्रकाश शाह, सहदेब बोगटी, दयालबहादुर शाही लगायतका शिर्ष नेताहरुले ओलीलाई कुनै पनि जिम्मेवारी पदमा नराखी आ–आफ्ना निकटकालाई जिल्ला कमिटीमा राखेका छन् ।

सोमबार भएको मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका उम्मेदवा लालबहादुर ओलीले आफुले पार्टीलाई गरेको योग्दानको कदर नगरेको भन्दै असन्तुष्टी जनाउँदै मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गर्दा समेत ओलीको बेवास्ता गर्दै शिर्ष नेताहरुले काम अगाडी बढाएको थियो । 

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा,  केन्द्रीय सदस्य प्रकाश शाह, सहदेब बोगटी, दयालबहादुर शाहीले आफ्नो मानोमानी हिसाबले एमाले बाजुराको जिल्ला कमिटी नेतृत्व चयन गरेको हो ।

उल्लेखित शिर्ष नेताहरुले ओलीलाई मात्र होइने सिङ्गो एमाले खप्तड छेडेदह गाउँपालिकालाई नै बेवास्ता गरेको पाईएको छ । दादागरी शैलीमा गरेका नेतृत्व चयनप्रति एमाले खप्तड छेडेदह गाउँपालिकाले आपत्ती जनाएको छ ।

त्यस्तो कार्य आफूहरुलाई शय्य नहुने भन्दै नेकपा एमाले सिङ्गो खप्तड छेडेदह गाउँपालिका जिल्ला कमिटी बाजुराप्रति असन्तुष्ट जनाउँदै बहिष्कार गरेको छ । पटक–पटक गाउँपालिकालाई पन्छ्याउँदै गएको र कार्यकर्ताहरुले पार्टीमा गरेको योग्दानको कदर समेत नगरेको भन्दै बहिष्कार गरेको एमाले खप्तड छेडेदहले जनाएको छ ।

खप्तड छेडेदहलाई कुनै पदमा राख्न योग्य नठानेपछि आफुहरुले एमाले जिल्ला कमिटीमा नबस्ने गरी बहिष्कार गरेको बताईएको छ । पार्टीमा लामो समयदेखि क्रियाशील रही संगठनलाई बलियो र चलायमान बनाउँन ठुलो योग्दान गर्दै आएका ओली लगायत सिङ्गो टिममाथि गरेको अन्यायले एमालेलाई कम्जोर बनाउने रणनीति गरेको एमाले खप्तड छेडेदहका नेता तथा कार्यकर्ताहरुको भनाई छ ।

पार्टीका शिर्ष नेताहरुले नेतृत्व सहमतिको बाहानामा जालझेल गरेर नेता ओली लगायत सिंगो गाउँपालिकालाई नै नेतृत्व पक्तिंबाट पन्छ्याएकाले एमाले जिल्ला कमिटीलाई बहिष्कार गरेको बताईएको छ । आफ्ना निकटकालाइ अगाडी बढाउने र सक्षम नेतृत्व पक्तिंलाई पार्टीको मुलधारमा आउँन नदिने प्रविधि आफूहरुलाई शय्य नहुँने बताउँदै बहिष्कार गरेको नेताहरुको भनाई छ । 

सिंगो गाउँपालिकाले एकताको जफाव समेत दिइसकेको छ । जिल्ला कमिटीमा प्रस्ताव घोषणा सूचिमा नाम राखेका लालबहादुर ओली, मन्देवी ओली, लालबहादुर खड्का, दिलबहादुर रावत, दानबहादुर रोकाया, पदम बहादुर नेपाली, मानबहादुर बुढा र विमला ओलीले सो प्रक्रियामा भाग नलिई सपथ ग्रहण समेत अस्वीकार गरेकाे एमाले खप्तड छेडेदहले जनाएको छ ।



बुधबार २८, पुष २०७८ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.