एमाले बाजुराको पहिलो बैठक, केहीको विरोध र खप्तड छेडेदहको बहिष्कार

नजिक न्युज संवाददाता    

एमाले बाजुराको पहिलो बैठक, केहीको विरोध र खप्तड छेडेदहको बहिष्कार

बाजुरा :  नेकपा एमाले जिल्ला कमिटी बाजुराको पहिलो बैठक सकिएको छ । पार्टी सातौ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व सहीतको पहिलो बैठक पार्टी कार्यालयमा बसेको हो । 

पहिलो बैठकलाई सिंगो खप्तड छेडेदह गाउँपालिकाबाट चयन गरिएको सदस्यले बहिष्कार गरेका छन् । भने त्रिवेणी नगरपालिकाबाट चयन भएका केही सदस्यले विरोध गरेका छन् । 

जवरजस्त नेतृत्व घोषणा गरेपछि र पार्टी कमिटीबाटै उपेक्षा गरिएको भन्दै खप्तड छेडेदह गाउँपालिकाले चुनावी प्रक्रियामा नै भाग नलिएर कमिटीमा नबस्ने निर्णय सहीत बहिष्कार गरेका छन् ।

पार्टी नेतृत्वले सदस्यमा छनोट गरेका लालबहादुर ओली, मन्देवी ओली, लालबहादुर रावल, दिलबहादुर रावत, गणेश शाही, मानबहादुर बुढा, दानबहादुर रोकाया, पदम बहालदुर नेपाली र विमला ओलीले कमिटीमा नबस्ने भन्दै मनोनय दर्ता समेत गरेका छैनन् ।

हिमाली गाउँपालिकाबाट आएका २६ जना जिल्ला अधिवेशन प्रतिनिधीले पार्टी नै छोडेर समाजवादी रोजेको विज्ञप्ती प्रकाशित गरेका छन् । पार्टी जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बैठक बसेको हो । 

बैठकमा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश बहादुर शाह, दयालबहादुर शाही, सहदेब बोगटी, लेखा आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी सहीत सहभागि थिए । 

हिजो सम्पन्न जिल्ला अधिवेशनमा पनि जनवादी केन्द्रीयता भन्दै मतदानमा भाग लिन समेत रोक लगाईएको थियो । अध्यक्ष मण्डलले जारी गरेका नाम उल्लेख भएका व्यक्ति बाहेकलाई उम्मेदवारी फारम समेत दिन रोक लगाएपछि अधिवेशन स्थलमै रोक लगाईए पछि विरोध भएको थियो । तर पार्टी नेताहरुले भने सामान्य असहमति भएपनि विरोध र बहिष्कार कसैको भएको भन्दै बचाउ गरेका छन् । 



बुधबार २८, पुष २०७८ ०७:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.