एमाले बाजुराले एकता सन्देश दिन एक हप्ते सन्देश सप्ताह सञ्चालन गर्ने

नजिक न्युज संवाददाता    

एमाले बाजुराले एकता सन्देश दिन एक हप्ते सन्देश सप्ताह सञ्चालन गर्ने

बाजुरा : नेकपा एमाले बाजुराले सन्देश सप्ताह कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको सातौ महाधिवेशनको निष्कर्ष र उपलब्धीलाई जनतासम्म पुर्याउने गरी साताव्यापी सन्देश सप्ताह सञ्चालन गर्ने पार्टी सचिव भरत थापाले बताएका छन् । 

माघ २ देखि ८ गतेसम्म प्रत्येक पालिका र वडामा पुगेर सन्देश सप्ताह गर्ने पार्टी कमिटीको बैठकले निर्णय गरेको छ । सातौ जिल्ला अधिवेशनबाट चयन भएको नयाँ नेतृत्व सम्मेलिन पहिलो बैठकबाट उक्त निर्णय गरिएको हो । 

टोल टोलमा संगठन घरघरमा एमाले भन्ने सन्देश सहीत जिल्लाभर अभियान सञ्चालन निर्णय पनि बैठकले गरेको छ । सहमतिका साथ नेतृत्व चयन गरिएको, अधिवेशनले एकताको सन्देश दिएको भन्दै एमालेले सप्ताह सहीतको अभियान सञ्चालन गर्न लागेको बताइएको छ ।

कोरोनाका कारण ठुला भेला तथा कार्यक्रम आयोजना नभएपनि टोलमा बैठक, छलफल तथा समीक्षा सञ्चालन गर्न एमालेले अभियान नै सञ्चालन गर्न लागेको हो । एमालेले विगत पाँचौ अधिवेशनदेखि नै सहमतिमा नेतृत्व चयन गर्ने गरेको छ । 



बुधबार २८, पुष २०७८ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.