आरोह संस्थाद्धारा मष्ठेश्वरी आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री सहयोग

नजिक न्युज संवाददाता    

आरोह संस्थाद्धारा मष्ठेश्वरी आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री सहयोग

बाजुरा : आरोह संस्थाले बडीमालिका नगरपालिका–८ रापकास्थित मष्ठेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

बाजुरा जिल्लामा पहिलो पटक लागू भएको संस्था आरोहले मष्ठेश्वरी अधारभूत विद्यालयमा एकदेखि ५ कक्षासम्मका विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको हो ।

संस्थाले उक्त विद्यालयका कक्ष–१ देखि कक्षा–५ सम्मका प्रत्येक बालबालिकालाई कापी, डट्पीन वितरण गरेको आरोह संस्थाका सहजकर्ता अर्जुन थापाले बताएका छन् । 

विद्यालयमा कार्पेट, पीफम नहुँदा विद्यार्थीलाई बस्न समस्या भएको भन्दै ४ वटा कोठामा कारेपेट र पीफम समेत सहयोग गरेको उनले बताएका छन् । 

विद्यालयलाई कुसम ११ थान, डटपीन ३ सय पीस, कापी ५ सय ९२ पीस तथा कार्पेट र पीफम ४ वटा कोठा लागि कार्पेट, बस्ने पीफम र पेनड्राभ समेत सहयोग गरेको संस्थाका सहजकर्ता श्याम थापाले बताएका छन् ।

कक्षा कोठामा कार्पेट विछ्याएपछि विद्यार्थीलाई बस्न सहज भएको छ । विद्यार्थीलाई स्टेशनरी लगायतका सामाग्री वितरण गरेपछि शिक्षक र विद्यार्थी सुखी भएका छन् ।

विद्यार्थीलाई बसाई व्यवस्थापनमा समस्या हुन्थ्यो संस्थाले चार कोठाका लागि कार्पेट समेत सहयोग गरेको छ, अब पठनपाठन गर्न सहज हुने प्रअ मन बहादुर धामीले बताएका छन् । उनले सहयोगी संस्थालाई धन्यवादसहित आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापाले विद्यालयलाई सामाग्री सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले उक्त सामाग्रीले विद्यालयको शैक्षिक गुणस्तरका लागि ठुलो सहयोग पुग्ने बताए ।

आरोह संस्थाले शैक्षिक गुणस्तरका निमित्त बढी काम गर्ने हुँदा थप यसलाई निरन्तरता दिन सबैको सहयोग अपेक्षा गरेको सहजकर्ता अर्जुन थापाले बताएका छन् । उनले यस कार्यक्रमलाई निरन्तरता दिदै जाने पनि बताए ।

स्टेशनरी लगायतका सामाग्री विद्यालयमै पुगेर हस्तान्त्रण गरेको थियो । सहजकर्ता थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापाले मष्ठेश्वरीका सबै विद्यार्थीलाई कापी डट्पीन हस्तान्त्रण गरेका हुन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको सामाग्री हस्तान्त्रण कार्यक्रममको प्रमुख अतिथि आरोह संस्थाका सहजकर्ता अर्जुन थापा रहनु भएको थियो । हस्तान्त्रण कार्यक्रममा अभिभावक लालसिंह रावल, रनी थापा,धर्म खड्का, कृष्ण थापा, भरत रावल, प्रकाश थापा लगायको सहभागिता रहेको थियो ।



बुधबार २८, पुष २०७८ ०२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.