एमाले बाजुराको अध्यक्षमा शाही, पदाधिकारी सबै सर्वसम्मत

नजिक न्युज संवाददाता    

एमाले बाजुराको अध्यक्षमा शाही, पदाधिकारी सबै सर्वसम्मत

बाजुरा : नेकपा एमाले बाजुराको अध्यक्षमा पुःन कालीबहादुर शाही सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका लालबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएपछि शाही अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, सहसचिवमा हरिबहादुर रोकाया र जनक बोहरा चयन भएका छन् । 

एमाले बाजुराको सातौं जिल्ला अधिवशेनले ९० सदस्यीय कमिटी चयन भएको छ । शुक्रबारबाट जारी अधिवेशनले आज नेतृत्व चयन गरेको हो ।



मङ्गलबार २७, पुष २०७८ ०७:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.