एमाले बाजुराको अध्यक्षमा दुईको उम्मेदवारी दर्ता

नजिक न्युज संवाददाता    

एमाले बाजुराको अध्यक्षमा दुईको उम्मेदवारी दर्ता

बाजुरा : नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ । 

एमालेको सातौं जिल्ला अधिवेशनमा बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डले घोषणा गरेको जिल्ला कमिटीको नेतृत्व र सल्लाकार समिति प्रस्ताव गरेपछि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दिलिप शाहीले बताएका छन् ।

अध्यक्ष मण्डलले प्रस्ताव गरेका कालीबहादुर शाही र एमाले नेता लालबहादुर ओलीले उम्मेदवारीको मनोनयन दर्ता गराएको बताए ।

अधिवेशनको बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डलका  संयोजक तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले प्रस्ताव गरेको अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका हुन् । भने अन्य पदमा कसैले पनि मनोनयन दर्ता नगराएको मूख्य निर्वाचन अधिृकत शाहीले बताए ।

मंगलबार भएको पार्टीको निर्वाचनको प्रक्रियमामा मनोनय दर्ताका लागि पराम लिन गएकाहरुलाई अध्यक्ष मंण्डलका अध्यक्ष कर्णबहादुर थापाको निर्देशनमा निर्वाचन अधिकृत दिलीप शाहीले मनोनयन फारम नदिएको बताइएको छ । 

जिल्ला कमिटीको अन्य पदहरुमा पनि  उम्मेदवारी  दर्ता गराउनका लागि गएका नेताहरुलाई अध्यक्ष मण्डका कर्ण थापा, सदस्य लालबहादुर थापा, प्रकाश शाह, सहदेव बोगटी र दयालबहादुर शाहीको ठाडो निर्देशनमा निर्वाचन अधिकृत शाहीले मनोनयन फारम नदिएको  नेताहरुले बताएका छन्  । 

यस्तै अध्यक्ष मण्डलले प्रस्ताव गरेको जिल्ला कमिटी सल्लाहकार  सदस्य बनाइएका दीलबहादुर कुँवरले भने राजीनामा दिएका छन् । उहाँले आफु १५ वर्ष देखि जिल्ला कमिटी सदस्य भएर काम गरेको भएपनि पार्टी नेताहरुले योग्दान र क्षमताको कदर नगरेकाले लिखित रुपमा अध्यक्ष मण्डलका संयोजक कर्णबहादुर थापालाई पत्र बुझाएको बताए ।

हालसम्म पार्टीमा गरेको योग्दानलाई कदर नभएकाको भन्दै उनी अक्रोसित बनेका छन् । त्यस्तै अध्यक्ष मण्डका संयोजक कर्णबहादुर थापाको ठाडो निर्देशनमा अन्य पदका लागि मनाेनयन दार्ताका लागि गएका नेताहरूलाइ मनाेनयन  पत्र फारम दिन निर्वाचन समितिले रोक लगाएको नेताहरुले बताएका छन् । 



मङ्गलबार २७, पुष २०७८ ०३:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.