यस कारण लाल बहादुर ओली एमाले बाजुराकाे अध्यक्षमा

नजिक न्युज संवाददाता    

यस कारण लाल बहादुर ओली एमाले बाजुराकाे अध्यक्षमा

बाजुरा :  एमाले जिल्ला कमिटीको अध्यक्ष पदमा युवा नेता लालबहादुर ओलील दाबेदार रहेको बताएका छन् । धेरै पटक आफूलाई नेतृत्वबाट पछाडी पारेको बताउँदै यो पटक आफूलाई जसरी पनि नेतृत्वमा लिन समेत नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।’

युवा नेता ओलीले पार्टीलाई कार्यकर्ता माझधारमा एमालेको आधार कायम, नेकपा एमाले पार्टीलाई जनताको विश्वासीलो साथी बनाउन, बाजुरामा सुसंस्कृत राजनीतिक चलनलाई व्यवस्थाप्रति जनताको सकारात्मक मन बनाउन, जनजनमा सुदृढ, सबल एमाले जबजको जगमा सामाजिक न्याय स्थापना गर्न र पार्टीमा आवधिक नेतृत्व युवा समुदायमा राजनीतिप्रतिको अपनत्व विकास गर्न एमाले बाजुरा जिल्ला कमिटीको नेतृत्वमा जाने बताएका छन् ।

एमाले सातौं जिल्ला अधिवेशनमा जिल्ला कमिटी अध्यक्षका बलिया आकांक्षी एमाले बाजुरा जिल्लाका आर्थिक विभाग प्रमुख लालबहादुर ओली सामाजिक रुपान्तरण र विकासमुखी नेताका रुपमा परिचित छन् । 

देश दुनिया बुझ्ने र व्याख्या गर्ने वौद्विकता, समाज बुझेको, बुझाएको, भोगेको, सिकेको र अध्ययन गरेको अनुभव, योजना बनाउने, सपना देखाउने फरक खुवी भएका व्यक्ति ओली हुन् ।

त्यस्तै तीन दशक लामो सामाजिक र राजनीतिक संघर्षको अनुभवी, समकालिन नेतासँगैको संगत, सँगसँगैको पार्टी सदस्यता अनि समाज विकास र जागरणका लागि पुर्याएको योगदान अरुको भन्दा एक इटा बढी नै रहेको देखिन्छ । 

दलित, महिला, युवा, बालबालिका सबै क्षेत्रको संस्थागत विकासले एमालेको जग थाम्ने अगुवाका रुपमा परिचित छन्, सरल स्वभाव, कर्मी माहुरी जस्तै मेहनती, काम र जिम्मेवारी प्रतिको इमानदारीता, काममा नथाक्ने श्रम र सबैलाई मिलाउन सक्ने खुबी भएका नेता हुन् । ओली यीनै बिशेषता र व्यक्तित्वकै कारण सहमतिका साझा अध्यक्ष हुन् कार्यकर्ताहरु बताउँदै आएका छन् ।

तीन दशक लामो सामाजिक र राजनीतिक संघर्षको अनुभवी व्यक्तिका रुपमा चिनिने ओली यो पटक जिल्लाको नेतृत्व गर्ने लक्ष्यमा हुनुहन्छ । अनेरास्ववियुको विद्यार्थीबाट राजनीति सुरु गरेका ओलीले विभिन्न संगठनमा आवद्ध भएर काम गरिरहेका छन् ।

‘एमालेका प्रभावशाली नेताका रुपमा परिचित नेता ओली बाजुराका दुर्गम गाउँ आटीचौरमा जन्मिनु भएको हो ।’ ‘विद्यार्थी कालदेखि नै राजनीतिक रुपमा होमिएका नेता ओलीले डोटी क्याम्पसबाट सुरुवात गरेका थिए ।’

२०४५ सालमा डोटी क्याम्पसको अनेरास्ववियु सदस्यबाट राजनीति यात्रा तय गरेको उनले बताएका छन् । सदस्य हुँदै स्ववियुको सचिव समेत भएको बताए ।

‘ओली राजनीतिसंगै सामाजिक काममा समेत सबैभन्दा अग्रपंक्तिका कामाण्डरका रुपमा मानिन्छन् । बाजुरा जिल्लामा सहकारीको अवधारण ल्याई पीसविन नामक संस्थाको स्थापना गरी दुर्गम बाजुराका हजारौं वेरोजगार नागरिकलाई स्वरोजगार बनाउन उनको ठुलो याग्दान रहेको छ ।’

त्यस्तै बाजुराका बालबालिका महिला, दलित पछाडी पारिएका नागरिकका विषयमा वकालतमा लाग्ने एक कुशल राजनीतिज्ञको रुपमा परिचित छन् । विभिन्न काल खण्डमालाइ परास्त गर्दै राजनीतिमा हुमिएका ओली २०४७ सालदेखि गाउँ कमिटी विस्ता अभियानमा संलग्न भई हालसम्म पार्टी राजनीतिमा हुमिएका छन् ।

केही वर्ष कर्मचारीका रुपमा काम गरेपनि २०५० सालमा राजीनाना दिएर समाज सेवासंगै राजनीतिलाई अगाडी बढाएका हुन् । २०५१ सालमा बाजुरा जिल्लाभर निर्वाचनमा हुमिएका युवा नेता ओली २०५४ सालको स्थानीय निकायको चुनावमा अनेरास्ववियुबाट प्रचार–प्रसार अभियानको प्रमुख भएर भूमिका निर्वाह गरेका थिए । 

‘विद्यार्थी जीवनदेखि राजनीतिमा लागेका नेता ओली २०६७ सालमा भएको नेकपा एमालेको पाँचौ जिल्ला अधिवेशनबाट एमालेको जिल्ला कमिटी सदस्य पदमा आएका हुन् ।’ ‘जिल्ला कमिटीमा प्रवेश गरेसंगै छैटौं अधिवेशनमा आर्थिक विभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।’

आलीले २०७० सालमा संविधान सभा सदस्य निर्वाचन परिचालन समितिको प्रमुखको भूमिकाका रुपमा रहेर काम गरेका थिए, भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा खप्तड छेडेद गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत भएका थिए ।

 एमालेका प्रभावशाली नेता ओली २०५६ सालदेखि एमालेको जनसंगठन मानव अधिकार एलाइन्सको सदस्य हुदै २०६८ सालमा एलाइन्सको उपाध्यक्षको जिम्मेवारी लिएर काम गरेका हुन् । २०६८ देखि हालसम्म मानव अधिकार एलाईन्सको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिइरहेको छन् युवा नेता ओलीसँग एमाले हाँक्ने योजना छ, वैचारिक अडान र वौद्विक विचार भएका उनको युग अनुकुलको योग्यता र क्षमता छ समेत रहेको छ ।



आइतबार २५, पुष २०७८ ०२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.