एमाले बाजुराको अध्यक्षमा तीन जना बलिया आकांक्षी को बन्ला त? सहमतिमै नेतृत्व चयन गरिने शिर्ष नेताहरुको भनाई

नजिक न्युज संवाददाता    

एमाले बाजुराको अध्यक्षमा तीन जना बलिया आकांक्षी को बन्ला त? सहमतिमै नेतृत्व चयन गरिने शिर्ष नेताहरुको भनाई

प्रमित विक, बाजुरा : नेपाल कम्यिुनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको खुला सर्त शुक्रबार सकिएको छ । बन्द सर्त आज सुरु हुने भनेपनि आज हुनेसकेन् भाेली हुने भन्ने छ तर एकिन नभएको एमाले बाजुराले जनाएको छ ।

सातौं जिल्ला अधिवेशनको खुला सर्त शुक्रबार बेलुका सकिएपछि, हिजो बेल्कादेखि नै नेताहरु नेतृत्व चयनका लागि आएका प्रतिनिधी र कार्यकर्ताहरुलाई भेटघाट गर्न व्यस्त देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनमा बोल्ने शिर्ष नेताहरुले नयाँ नेतृत्व सहमतीमै चयन गर्ने बताएका छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा र केन्द्रीय कमिटी सदस्य प्रकाश बहादुर शाहले सातौं जिल्ला अधिवेशनमा सम्बोधन गर्ने क्रममा कुनै गुट उपगुटमा नेतृत्व चयन नहुने विश्वस कार्यकर्तालाई दिलाएका छन् । सबैलाई सुहाउँदो नेतृत्व सहमतीमै निर्वाचित गरिने पनि उहाँहरुले बताएका छन् ।

यता अध्यक्षका लागि भने तीन जना बलिया आकांक्षी रहेका बताउँदै आएका छन् । जसमा लालबहादुर ओली, भरत थापा र काली बहादुर शाही सबै भन्दा बढी चर्चामा आएका छन् । यी तीन जना मध्ये अध्यक्ष को बन्ला भन्ने टुङ्गो छिटै लाग्ला भन्ने अहिले देखिदैन् शिर्ष नेताहरुले सहमतीमै नेतृत्व चयन गर्ने भनेपनि कार्यकर्ताहरुले भने आ–आफ्ना धारका नेताहरुको चर्को प्रचार गर्न थालेका छन् ।

आफ्ना निकटका नेताहरुको चर्को प्रचारप्रसार गर्नाले नेतृत्व चयनमा झन कठिन हुने देखिन्छ । ‘पुरानै दोहोरीनु भन्दा नयाँलाई नेतृत्वमा ल्याउनु पर्ने कार्यकर्ताहरुको भनाई रहेको छ’, ‘पार्टीलाई जिल्लामा शाक्तिशाली र चलायमान बनाउँन नयाँ नेतृत्वको आवश्यक रहेको उनीहरु बताउँदै आएका छन् ।’

एमाले जिल्ला कमिटीको अध्यक्ष पदमा युवा नेता लालबहादुर ओलीले पनि आफू बलियो आकांक्षी रहेको बताउँदै आएका छन् । धेरै पटक आफूलाई नेतृत्वबाट पछाडी पारेको बताउँदै यो पटक आफूलाई जसरी पनि नेतृत्वमा लिन समेत नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।’

अध्यक्षका आकांक्षी युवा नेता ओलीले पार्टीलाई कार्यकर्ता माझधारमा एमालेको आधार कायम, नेकपा एमाले पार्टीलाई जनताको विश्वासीलो साथी बनाउन, बाजुरामा सुसंस्कृत राजनीतिक चलनलाई व्यवस्थाप्रति जनताको सकारात्मक मन बनाउन, जनजनमा सुदृढ, सबल एमाले जबजको जगमा सामाजिक न्याय स्थापना गर्न र पार्टीमा आवधिक नेतृत्व युवा समुदायमा राजनीतिप्रतिको अपनत्व विकास गर्न एमाले बाजुरा जिल्ला कमिटीको नेतृत्वमा जाने बताएका छन् ।

त्यस्तै एमाले जिल्ला कमिटी वर्तमान अध्यक्ष काली बहादुर शाहीले पनि पुःन अध्यक्षको बलियो आकांक्षी रहेको बताएका छन् । सात वर्षसम्म पार्टी अध्यक्ष चलाएका जगन्नाथ गाउँपालिका अध्यक्ष समेत रहेका शाहीले अध्यक्षमा लड्ने बताएका हुन् । 

त्यस्तै अर्को एमालेका युवा नेता भरत थापाले पनि अध्यक्षको बलियो आकांक्षी रहेका बताएका छन् । एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेको थापाले अध्यक्ष पदको बलियो आकांक्षी रहेको बताएका हुन् ।

सहमतीमै नेतृत्व चयन गर्नका लागि शिर्ष नेताहहरु पनि सल्लाहमै व्यस्त देखिएका छन् भने अध्यक्ष लगायतका आकांक्षीहरु समेत आफ्ना नजिकका शिर्ष नेता तथा कार्यकर्ताहरुलाई भेटघाटमा व्यस्त छन् ।

को हुन् युवा नेता लालबहादुर ओली 

एमाले सातौं जिल्ला अधिवेशनमा जिल्ला कमिटी अध्यक्षका बलिया आकांक्षी एमाले बाजुरा जिल्लाका आर्थिक विभाग प्रमुख लालबहादुर ओली सामाजिक रुपान्तरण र विकासमुखी नेताका रुपमा परिचित छन् । 

तीन दशक लामो सामाजिक र राजनीतिक संघर्षको अनुभवी व्यक्तिका रुपमा चिनिने ओली यो पटक जिल्लाको नेतृत्व गर्ने लक्ष्यमा हुनुहन्छ । अनेरास्ववियुको विद्यार्थीबाट राजनीति सुरु गरेका ओलीले विभिन्न संगठनमा आवद्ध भएर काम गरिरहेका छन् ।

‘एमालेका प्रभावशाली नेताका रुपमा परिचित नेता ओली बाजुराका दुर्गम गाउँ आटीचौरमा जन्मिनु भएको हो ।’ ‘विद्यार्थी कालदेखि नै राजनीतिक रुपमा होमिएका नेता ओलीले डाेटी क्याम्पसबाट सुरुवात गरेका थिए ।’

२०४५ सालमा डोटी क्याम्पसको अनेरास्ववियु सदस्यबाट राजनीति यात्रा तय गरेको उनले बताएका छन् । सदस्य हुँदै स्ववियुको सचिव समेत भएको बताए ।

‘ओली राजनीतिसंगै सामाजिक काममा समेत सबैभन्दा अग्रपंक्तिका कामाण्डरका रुपमा मानिन्छन् । बाजुरा जिल्लामा सहकारीको अवधारण ल्याई पीसविन नामक संस्थाको स्थापना गरी दुर्गम बाजुराका हजारौं वेरोजगार नागरिकलाई स्वरोजगार बनाउन उनको ठुलो याग्दान रहेको छ ।’

त्यस्तै बाजुराका बालबालिका महिला, दलित पछाडी पारिएका नागरिकका विषयमा वकालतमा लाग्ने एक कुशल राजनीतिज्ञको रुपमा परिचित छन् । विभिन्न काल खण्डमालाइ परास्त गर्दै राजनीतिमा हुमिएका ओली २०४७ सालदेखि गाउँ कमिटी विस्ता अभियानमा संलग्न भई हालसम्म पार्टी राजनीतिमा हुमिएका छन् ।

केही वर्ष कर्मचारीका रुपमा काम गरेपनि २०५० सालमा राजीनाना दिएर समाज सेवासंगै राजनीतिलाई अगाडी बढाएका हुन् । २०५१ सालमा बाजुरा जिल्लाभर निर्वाचनमा हुमिएका युवा नेता ओली २०५४ सालको स्थानीय निकायको चुनावमा अनेरास्ववियुबाट प्रचार–प्रसार अभियानको प्रमुख भएर भूमिका निर्वाह गरेका थिए । 

‘विद्यार्थी जीवनदेखि राजनीतिमा लागेका नेता ओली २०६७ सालमा भएको नेकपा एमालेको पाँचौ जिल्ला अधिवेशनबाट एमालेको जिल्ला कमिटी सदस्य पदमा आएका हुन् ।’ ‘जिल्ला कमिटीमा प्रवेश गरेसंगै छैटौं अधिवेशनमा आर्थिक विभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।’

आलीले २०७० सालमा संविधान सभा सदस्य निर्वाचन परिचालन समितिको प्रमुखको भूमिकाका रुपमा रहेर काम गरेका थिए, भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा खप्तड छेडेद गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत भएका थिए ।

एमालेका प्रभावशाली नेता ओली २०५६ सालदेखि एमालेको जनसंगठन मानव अधिकार एलाइन्सको सदस्य हुदै २०६८ सालमा एलाइन्सको उपाध्यक्षको जिम्मेवारी लिएर काम गरेका हुन् । २०६८ देखि हालसम्म मानव अधिकार एलाईन्सको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिइरहेको छन् युवा नेता ओलीसँग एमाले हाँक्ने योजना छ, वैचारिक अडान र वौद्विक विचार भएका उनको युग अनुकुलको योग्यता र क्षमता छ समेत रहेको छ ।

देश दुनिया बुझ्ने र व्याख्या गर्ने वौद्विकता, समाज बुझेको, बुझाएको, भोगेको, सिकेको र अध्ययन गरेको अनुभव, योजना बनाउने, सपना देखाउने फरक खुवी भएका व्यक्ति ओली हुन् ।

त्यस्तै तीन दशक लामो सामाजिक र राजनीतिक संघर्षको अनुभवी, समकालिन नेतासँगैको संगत, सँगसँगैको पार्टी सदस्यता अनि समाज विकास र जागरणका लागि पुर्याएको योगदान अरुको भन्दा एक इटा बढी नै रहेको देखिन्छ । 

दलित, महिला, युवा, बालबालिका सबै क्षेत्रको संस्थागत विकासले एमालेको जग थाम्ने अगुवाका रुपमा परिचित छन्, सरल स्वभाव, कर्मी माहुरी जस्तै मेहनती, काम र जिम्मेवारी प्रतिको इमानदारीता, काममा नथाक्ने श्रम र सबैलाई मिलाउन सक्ने खुबी भएका नेता हुन् । ओली यीनै बिशेषता र व्यक्तित्वकै कारण सहमतिका साझा अध्यक्ष हुन् कार्यकर्ताहरु बताउँदै आएका छन् ।

कालीबहादुर शाही

नेकपा एमाले बाजुरा लाई बाजुरेलि जनता माझ रहर लाग्दो, कार्यकर्ता माझ भर लाग्दो र विपक्षीलाई डर लाग्दो एमाले निर्माण गर्नको लागि पुःन अध्यक्षको जिम्मेवार लिने एमाले वर्तमान अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

२०७० सालको संबिधान सभा चुनाबमा बाजुरा जस्तो कांग्रेसको गढ भत्काउदै नेकपा एमालेलाई अत्याधिक बहुमतले जिताउँन सफल अध्यक्षका रुपमा परिचित छन् । 

कांग्रेसको अखडा मानिएको बाजुरालाई आफ्नो कार्यकालमा एउटा एक प्रतिनिधी सभा र दुई भएको बाजुरालाई  एउटा प्रतिनिधी सभा, दुई वटै प्रदेश जिताएर बाजुरालाई एमालेको किल्ला बनाउने एउटा सफल अध्यक्ष भएकोले  एक पटक फेरि अध्यक्षमा लड्ने उनले बताएका छन् ।

त्यसैले  नेकपा एमाले लाई चलाएमान बनाउन, सबै संगठनलाई चलाएमान बनाउन, एमाले बाजुरालाई अझै सशक्त र बलियो बनाउन, एमाले भित्र गुटबन्दी, नातागोता, भाइ भतिजा बातको अन्त्य गर्ने उनको भनाई छ ।

भरत थापा

नेकपा एमाले बाजुराको ७ औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि नेकपा एमाले बाजुराका युवा नेता भरत थापा आकांक्षी रहेका छन् । उनी २०५३ सालमा अनेरास्ववियु बाग्मती प्रदेश कमिटीको सदस्यको जिम्मेवारी सम्हालेका थिए ।

नेता थापाले २०५३ सालमा पाटन क्याम्पसको प्राक कमिटि अध्यक्ष हुदै नेकपा एमालेको राजनीति यात्रामा रहेका छन । नेता थापालाई तत्कालीन नेकपा माओबादीले उनलाई एमालेको कार्यक्रता भन्दै ३ महिना अपहरणमा परेका भए पनि नेकपा एमालेको राजनीतिबाट नडग्मगाएको उनले बताएका छन । 

विद्यार्थी संगठन र त्यसपछि पाटी राजनीतिमा गाउँ तहको प्रतिनीधीत्वदेखि इलाका हुँदै चौथो जिल्ला अधिबेशनदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य मात्रै रहेका छन । नेता थापा जिल्ला कमिटीमा प्रवेशसंगै निरन्तर रुपमा खटिँदै पार्टी संगठन निर्माणमा काम गरेको लामो अनुभव छ ।

एमालेलाई थप जनमुखी पार्टी बनाउँदै जनताको भरोसाको पार्टी निर्माण गरी सबैलाई मिलाएर लैजाने र जुझारु तथा सुदृढ एमाले बनाएर बाजुरामा एमालेको लालकिल्ला थप मजबुद बनाउने नेता थापाको भनाई रहेको छ ।

एमाले बाजुराको बन्द सत्र भने सुरु हुन सकेको छैन्, शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको बन्द सत्र आज पनि सुरु भएको छैन् नेता तथा कार्यकता नयाँ नेतृत्व चयन गर्न सहमतिको प्रयास गरिरहेका छन् । 



शनिबार २४, पुष २०७८ ०७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.