स्वार्थका लागि केही नेताहरु पार्टी छोडेर गएका हुन् यसको प्रभाव जनमानसमा न्युन परेको छ : रेग्मी

नजिक न्युज संवाददाता    

स्वार्थका लागि केही नेताहरु पार्टी छोडेर गएका हुन् यसको प्रभाव जनमानसमा न्युन परेको छ : रेग्मी

बाजुरा : नेपाल कम्युष्टि पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव बलदेव रेग्मीले पार्टी भित्रका विभिन्न अवसरवाद र स्वार्थका लागि केही नेताहरु पार्टी छोडेर गएका बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनमा बोल्दै उनले मन्त्री बन्न र स्वार्थका लागि केही नेताहरु पार्टी छोडेर गएपनि पुःन हाम्रो पार्टीमै फर्किने बताएका छन् ।

पार्टी विभाजन स्थार्थ केन्द्रीत भएको सबै जनमानसमा थाह भएको बताउँदै पार्टी विभाजनको सबैभन्दा बढी पीडा संघतिर परेको छ’, त्यहा स्वाभाविक रुपमा मन्त्रीको भाग बण्डाका कारणले हो ।’ त्यस्तै प्रदेशतिर पनि विभाजनको पीडा परेको छ’, त्यहाँ पनि तत्काल रुपमा स्वार्थका लागि केही नेताहरु पार्टी छोडर गएका छन् प्रदेश सभा ‘क’ का सदस्य समेत रहेका रेग्मीले बताए । 

पार्टी विभाजनको प्रभाव स्थानीय, प्रत्येक जनता र कार्यकर्ताहरुमा धेरै न्युन रुपमा परेको रेग्मीले बताएका छन् । नेकपा एमाले जुन जगमा उभिएको छ’, यो जगमा अझैपनि शाक्तिशाली हुन् र यो जिल्लामा प्रतिनिधीत्व गर्नका लागि बामपन्धी शाक्तिलाई पुःन एकीकरणका लागि अगाडी बढाउन आवश्यकता हुन्छ’, विभिन्न प्रलोवनमा परीे फुटेर गएका सार्थीहरुलाई पुःन एकतावद्ध गराउन हामीले प्रयास गर्नुपर्छ उनले भने ।’ 

जिल्लामा शाक्तिशाली पार्टी बनाउन र प्रतिनिधीत्व गर्न विभिन्न प्रलोवनमा परी गएकाहरुलाई एमाले बाजुराको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वले पहँल गर्ने छ भन्ने विश्वस लिएको रेग्मीले बताएका छन् ।



शनिबार २४, पुष २०७८ ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.