बाजुरा : नेकपा एमाले लेखा आयोग सदस्य बसुन्धरा रोकायाले पार्टी विभाजनको असर बाजुरामा नपर्ने बताएकी छन् । सातौ जिल्ला अधिवेशनमा बोल्दै रोकायाले विभाजनमा केही व्यक्ति लागेपनि संग्लो कार्यकर्ता पंक्ती एमालेको पक्षमा उभिएको बताएकी छन् ।
अनेमसंघ केन्द्रीय सदस्य समेत रहेकी रोकायाले नेतृत्व चयन सहमतिका आधारमा छनोट गर्नु पर्ने धारणा राख्नु भएको छ । नेकपा एमाले बाजुराको इतिहासमै लामो समय नेतृत्वमा बस्ने अवसर पाउने कालीबहादुर शाहीलाई भाग्यमानी नेताको संज्ञा दिनु भएको छ ।
सभासद समेत रहेकी रोकायाले प्रतिनिधीले कालीबहादुर शाही रोजे पनि अरु कुनै नेता रोजेपनि सहमतिकै आधारमा नेतृत्व चयन गरिनु पर्ने धारणा राखेका छन् । उहाँले महिलालाई नेतृत्वमा ल्याउने कुरामा पुरुष अझै खुला हुन नसकेकोमा आक्रोश व्यक्त गरेकी छन् ।
प्रतिकृया दिनुहोस