नेतृत्वमा सहमति जस्को नाममा भएपनि स्वीकार्नु पर्छ : शाह

नजिक न्युज संवाददाता    

नेतृत्वमा सहमति जस्को नाममा भएपनि स्वीकार्नु पर्छ :  शाह

बाजुरा :  नेकपा एमाले केन्द्रीय सदस्य प्रकाश शाहले नेतृत्व चयन सहमतिकै आधारमा हुने बताएका छन् । सातौ जिल्ला अधिवेशनमा बोल्दै शाहले जस्का नाममा सहमति भएपनि स्वीकार गर्नु पर्ने बताएका छन् । 

पाँचौ जिल्ला अधिवेशनमा म सहमतिमा अध्यक्ष भएँ, छैटौंमा लालबहादुर थापा सर्वसम्मत हुनु भयो, सातौबाट पनि सर्वसम्मत नेतृत्व चयन हुनु पर्छ पूर्व प्रदेश मन्त्री समेत रहेका शाहले भन्नु भयो ।

सहमति जस्का नाममा भएपनि स्वीकार्नु पर्छ, आफ्ना लागि सहमति अरुका लागि चुनाव भन्ने कुरा गर्नुहुदैन्, पार्टी सबैको हो, नेतृत्वमा सबैले अवसर पाउनु पर्छ, शाहले थप्नु भयो । 

उहाँले बाघ र बाज अरूले गरेको सिकार खादैन र आफै सिकार गर्छन्, एमाले पनि त्यस्तै पार्टी हो, अरूले खनेको बाटो हिड्दैन आफै बाटो बनाउन हैसियत राख्ने बताएका छन् । उहाँले केही राजनीतिक घटनाले विभाजित जस्ता देखिएका व्यवाहार र मनलाई एकताको सन्देश सहीत एक ठाउँमा ल्याउन पनि जिल्ला अधिवेशनले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बाजुराको दिर्घकालिन विकास योजना, बजेट विनियोजन र निर्माणको काम तिब्र गतिमा बढेको र त्यसको अगुवाई एमालेले गरेको बताएका छन् । उहाँले जिल्लाको खेलकुद विकास, पर्यटन प्रवद्र्धन, संरचना निर्माण र सडक निर्माणमा उल्लेख्य काम भएको बताएका छन् ।



शुक्रबार २३, पुष २०७८ ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.