ओली विरुद्धको अवसरवादी गठबन्धनलाई जनताले चुनावमा बहिष्कार गर्छन् : थापा

नजिक न्युज संवाददाता    

ओली विरुद्धको अवसरवादी गठबन्धनलाई जनताले चुनावमा बहिष्कार गर्छन् :  थापा

बाजुरा :  नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले ओली विरुद्धको गठबन्धनकै कारण देश संकटमा फसेको बताएका छन् । ओलीको लोकप्रीयता र विकासको गति मन नपराएकाहरुको स्वार्थी जुण्डहरुले देशलाई यो अवस्थामा पुगेको बताएका छन् ।

प्रेस चौतारी नेपाल बाजुराको सातौ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै थापाले वर्तमान गठबन्धनका कारण मुलुकमा राजनीति अस्थिरता बढेको र विकास निर्माणको गति रोकिएको आरोप लगाएका छन् । 

खुसी नेपाली, समृद्ध नेपाको राष्ट्रिय संकल्प पुरा गर्न नेपाली जनताले पुन एमालेलाई सत्ताको नेतृत्व दिने विश्वास व्यक्त गर्नु भएको छ । ओली नेतृत्वको काम देखेर नै अताल्लिएकाहरुले देशलाई खाल्डोमा फाल्न खोजेको बताएका छन् ।

बाजुरा जिल्ला इन्चार्ज समेत रहेका थापाले देश प्रतिक्रियावादीहरुको कब्जामा जाने अवस्थामा रहेकोले यहि अवस्था रहिरहे दुर्घटनामा जाने खतरा औल्याएका छन् । उहाँले राजनीतिक क्रान्तिका उपलब्धि मासिने खतरा छ ! यसमा सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधी सभा सदस्य समेत रहेका थापाले यस्तो अवस्थामा मिडिया क्षेत्र मौन बस्न नहुने धारणा राखेका छन् । सचेत र राष्ट्र प्रेमी नागरिकले खबरदारी गर्नु पर्ने बेला आएको र मिडियाको भूमिका अहम रहेकोले सक्रिय हुनु पर्नेमा जोड दिएका छन् । 



बिहिबार २२, पुष २०७८ ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.