बाजुरा : नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई गृह जिल्ला बाजुरामा भव्य स्वागत गरिएको छ । नेकपा एमाले बाजुराले पार्टी स्थायी कमिटी सदस्य थापालाई भव्य स्वागत गरेको हो । एमालेको १० औं महाधिवेशनबाट थापा स्थायी कमिटी सदस्य बनेका हुन् ।
थापा सुदूरपश्चिमबाटै स्थायी कमिटी बन्ने २ जना मध्ये एक हुन् । पार्टीको सर्वोच्च कमिटीमा पहिलो पटक निर्वाचित भएपछि गृह जिल्लाबासी खुसी छन् । शिर्ष कमिटीकै नेतृत्व गर्ने अवसर प्राप्त गरेको खुसी सहीत नेता कार्यकर्ताले थापालाई मार्तडीमा स्वागत गरेका छन् ।
बाजुराको सातौ जिल्ला अधिवेशनको सन्दर्भमा बाजुरा पुगेका थापालाई कार्यकर्ता सहित पार्टी कमिटीले बधाई सहीत स्वागत गरेको एमालेले बताएको छ । थापा बाजुराबाट पार्टी राजनीतिमा केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष रस्थायी कमिटी सदस्य पदमा पुग्ने पहिलो नेता हुन् ।
मार्तडी स्थित होटल डि एण्ड डि मा पार्टी अध्यक्ष कालीबहादुर शाही, नेताहरु लालबहादुर ओली, मनलाल खत्री मिलन, भरत थापा, पेम्बा गुरुग भोटे, काशी विक, रामबहादुर बाँनीया, जनक विष्ट, माया कुँवर नरेश रोकाया, कोपीला सिंह, कृष्ण बम सहीतले स्वागत गरेका हुन् ।
पार्टी राजनीतिमा बाजुराले शिर्ष तहको कमिटीको नेतृत्व गर्न पाउने अवसर पाउनु ठुलो उपलब्धी र जिल्ला बासीका लागि खुसीको कुरा भएको पार्टी अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । शाहीले औपचारिक मन्तव्य सहीत स्वागत सहीत बधाई दिएका हुन् ।
बाजुराले एमालेको १० औं महाधिवेशनबाट कएक जना स्थायी कमिटी, चार जना केन्द्रीय कमिटी र एक जना आयोग सदस्य प्राप्त गरेको छ । कर्णबहादुर थापा स्थायी कमिटी सदस्य बनेका छन् । भने लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, सहदेव बोगटी केन्द्रीय कमिटी सदस्य बनेका छन् । बसुन्धरा रोकाया केन्द्रीय लेखा आयोग सदस्य बनेका छन् ।
पार्टी राजनीतिमा यो वर्ष बाजुुराले ठुलो अवसर प्राप्त गरेको छ । एमालेबाट ६ जना केन्द्रीय नेतृत्व पाउँदा, नेपाली काँग्रेसले पनि पहिलो पटक पदाधिकारी तहमा बद्री पाण्डे सहमहामन्त्री बनेका छन् । बाजुराबाटै विद्या तिमिल्सेना काँग्रेसको केन्द्रीय सदस्य बनेकी छन् ।
प्रतिकृया दिनुहोस