एमाले बाजुराको सातौ जिल्ला अधिवेशनको तयारी तिब्र, पौष १७ गते ६९ वटै वडामा प्रतिनिधी छनोट हुने

नजिक न्युज संवाददाता    

एमाले बाजुराको सातौ जिल्ला अधिवेशनको तयारी तिब्र, पौष १७ गते ६९ वटै वडामा प्रतिनिधी छनोट हुने

बाजुरा :  नेकपा एमालेको सातौं जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । पौष २३ गते देशभर एकसाथ तोकिएको जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । 

एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि प्रचार सामाग्री तयारी दिने अन्य व्यवस्थापनको काम अघि बढेको नेता खड्काले बताएका छन् । ११ हजार ९ सय ६३ जना संगठीत सदस्य रहेको बाजुरामा करिब ५ सय बढी प्रतिनिधी छनोट गरिने बताइएको छ ।

पार्टी जिल्ला कमिटीको बैठकले ५० जना बराबर एक जना खुला, ३५ बराबर एक जना दलित र २५ बराबर एक जना जनजातिले प्रतिनिधीत्व गर्न पाउने भएका छन् । वडाको सदस्यता संख्याको आधारमा प्रतिनिधी छनोट गरिने भएको छ । 

अधिकांश वडाका प्रतिनिधी छनोटको सूची तयार पारिएपनि नाम सार्वजनिक भोलि मात्र गरिने भएको छ । छनोट गर्न बाँकी वडामा पनि भोलि नै प्रतिनिधी छनोट हुने एमालेले बताएको छ । संगठीत सदस्य बाहेक नेकपा एमालेले जिल्लामा क्रियाशिल जनवर्गिय संगठनलाई समेत ३ जनाका दरले प्रतिनिधी पाउने व्यवस्था गरेको छ । 

पार्टी जिल्ला अधिवेशनलाई भड्कीलो, खर्चिलो नबनाउने केन्द्रीय सर्कुलर नै रहेको छ । पार्टी अधिवेशनको प्रचारलाई सीमित गरिएपनि व्यक्तिले डिजिटल प्रविधि बाहेक प्रचार गर्न नपाउने भनिएको छ । टिम बनाएर उम्मेदवारी दिन नपाउने, प्रचा पम्पलेट सहीतको प्रचारमा समेत रोक लगाईएको छ ।

पार्टी आन्तरिक चुनावलाई सहमतिको प्रयास गर्ने र त्यो संभव नभए कम भड्कीलो र तामझाम सहीत चुनावी प्रक्रिया अघि बढाउने सर्कुलर जिल्लालाई दिएको छ । प्रचार उपसमितिले आजैबाट प्रचारका गतिविधी अघि बढाएको छ । भने आर्थिक व्यवस्थापन सहितको कार्यपनि सुरु गरिएको पार्टी नेता एवं आर्थिक विभाग प्रमुख लालबहादुर ओलीले बताएका छन् ।

अधिवेशनको मिति नजिकिएसँगै पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, जिल्ला इन्चार्ज लालबहादुर थापा, सहइन्चार्ज सहीतका नेताहरु जिल्ला केन्द्रीत बनेका छन् । वडामा प्रतिनिधी छनोटको कार्य सुचारु गर्नु पर्ने भएकोले नेताहरु आफ्नो वडा केन्द्रीत बनेका छन् ।

प्रचार समितिको सचिवालय सञ्चालन 

नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशन केन्द्रीत प्रचार सचिवालय सञ्चालन गरिएको छ । प्रचार समिति संयोजक पार्टी प्रचार विभाग प्रमुख अमर खड्काका अनुसार दैनिक तयारीका कामलाई व्यवस्थीत गर्न सचिवालय सञ्चालन गरिएको हो ।

संयोजक अमर खड्का र सहसंयोजक कृष्ण ओली सहीत रहेको प्रचार समितिले दैनिक प्रचार सचिवालयबाटै कामहरु सञ्चालन गर्ने र व्यवस्थीत, मर्यादीत र पार्टी हितका सामाग्री मात्र प्रचार प्रसार गर्ने बारे छलफल समेत गरेको छ । 

पार्टीले अधिवेशन केन्द्रीय तयारीका लागि गर्ने कार्यहरुको प्रचार प्रसार गर्न थप उपसमिति बनाएको छ । भने समाचार तथा प्रचार सामाग्रीमा एकरुपता ल्याउने, आवश्यक छलफल र प्रमाणीत विषयलाई मात्र प्रचारको विषय बनाउने बारे छलफल गरिएको छ ।

अधिवेशनको प्रचार उपसमितिमा अमर खड्का, कृष्ण ओली, बसन्त विक, सर्पलाल गिरी, प्रकाश सिंह, पदम सिंह, नन्दा थापा, लक्ष्मीराज पाध्याय, मदन विक, रमित विक, प्रमीत विक रहेका छन् ।



शुक्रबार १६, पुष २०७८ ०७:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.