सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै

बाजुरा : आज पुस १५, सुदूरपश्चिममा आज ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा धुमधामसंग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ । 

उनले भने–‘रातभरी कथा, कहानी(स्थानिय भाषामा आइना,बातै ) सुन्ने र सुनाउने तथा तरुल सखरगञ्ज पकाएर खाने गरिन्छ ।’ पन्नरी रातका रुपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकारहरु खाने गर्दछन् । 

तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै “कुन्क्यौलो”(बनभोज) खाने गरिन्छ । पुष १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरिर समेत फूर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित दया पन्तको भनाइ छ । 

एक दिन भएपनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठामीठा खानेकुरा खाने चलन रहि आएको छ ।

डिसेम्बर २२ तारिखलाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिनहरु विस्तारै लम्विदैँ जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ लाई लोहरी पर्वका रुपमा मनाइने गरिएको छ ।  



बिहिबार १५, पुष २०७८ ०७:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.