धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका-३ सम्झना टोलकी ३० वर्षीया कीमसरा विक श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार उनका श्रीमान ३५ वर्षीय भरत विकको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन्।
भरतले घरायसी झगडा हुँदा दाउराले कीमसराको टाउकोमा हिर्काएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भीर घाइते भएकी उनलाई बर्दगोरिया अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर रिफर गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका श्रीमानलाई नियन्त्रणमा लिइएको उनले बताए।
प्रतिकृया दिनुहोस