धनगढी : कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अब कानुनको पढाइ पनि हुने भएको छ। क्याम्पसमा यसै शैक्षिक सत्रदेखी कानुन संकायतर्फ (एलएलबी)को पढाइ सुरु हुने भएको हो।
प्रविणता प्रमाणपत्र तह जुनसुकै विषयमा पास गरेका तर सबै विषयमा डि प्लस ल्याएका विद्यार्थीले कानुनको अध्यन गर्न पाउने क्याम्पस प्रमुख केशरबहादुर कुँवरले बताए। कानुन संकायतर्फ क्याम्पसले ४८ जनाका लागि भर्ना आवेदन आव्हान गरिसकेको छ। क्याम्पसमा यसअघि व्यवस्थापन, मानविकी, शिक्षा र कृषि संकायको पठनपाठन हुँदै आएको थियो।
प्रतिकृया दिनुहोस