कैलालीमा एक पुरुष मृत फेला

नजिक न्युज संवाददाता    

कैलालीमा एक पुरुष मृत फेला

धनगढी : कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका-८ काँडाका ५५ वर्षीय साधुराम डँगौरा मृत परेका हुन्।

टीकापुरबाट भजनी आउँदै गर्दा टीकापुर नगरपालिका-७ बैदीस्थित हुलाकी सडकखण्डमा रहेको कल्भर्टबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार उनले मापसे गरेका थिए भने उनी साइकलसहित कल्भर्टबाट तल खसेका थिए। 



बिहिबार ०८, पुष २०७८ ०८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.