बडिमालिकाको मनामा जिप पुग्यो, अब नगरका सबै वडामा सकड सञ्जाल

नजिक न्युज संवाददाता    

बडिमालिकाको मनामा जिप पुग्यो, अब नगरका सबै वडामा सकड सञ्जाल

बाजुरा : बडिमालिका नगरपालिकाको ५ को मना गाउँका स्थानीयवास गाउँमै जीप चढ्न पाएपछि हर्षित् भएका छन् । पुस्तौंदेखि अहिलेसम्म मना गाउँका स्थानीय सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका थिए । यतीबेला नगरपालिकाले साँफे–मार्तडी लोकमार्ग अन्तर्गत पर्ने जडाङ्गाबाट झण्डै १५ किलोमिटर सडक गाउँमा पुगाएपछि शनिवारदेखि स्थानीयले गाउँबाट जीप सेवा पाएका छन् । 

भीरको बाटोमा ज्यानको जोखिम मोलेर गाउँबाट सदरमुकाम मार्तडी आउजाउ गर्न बाध्य हुँदैआएका त्यहाँका स्थानीयले शनिवारदेखि गाउँमै जीप सेवा पाएपछि अहिले उनीहरुको मुहारमा खुःसी छाएको हो ।

जीप चढ्न घरबाट घण्टौ बाटो हिडेर बल्दे, बाम्का, बेतालमाण्डौ, रिठा बजार लगायतका काउन्टरमा टिकट लिन बाध्य भएका याहाँका स्थानीयले शनिवारदेखि घर आङ्गनमा जीप सेवा पाएपछि मना गाउँवासीमा खुःसी छाएको बडिमालिका नगरपालिका ५ मनाका स्थानीय कविराज साउँदले बताउनुभयो ।

मनाका स्थानीयलाई केही वर्ष रोप्वेले ढुवानी गर्न सहज तुल्याएको भएपनि त्यसबाट अत्यधिक मात्रामा गाउँमा उत्पादन गरेका तरकारी बजारसम्म पुर्याउन नसकिएको स्थानीयको भनाई छ ।

नगरपालिकाले यतीबेला त्याहाँका स्थानीयको समस्याको समाधान हुनेगरी गाउँमै यातायातका सवारी साधान जीप ट्याक्टर सुचारु गरिदिएपछि अव भने गाउँमा उत्पादन गरेका आलु बजारसम्म लान सहज बनाएको छ ।

स्थानीयवासीको सबैभन्दा पहिलो माग सडक भएकाले गाउँपालिकाले प्रत्येक वर्ष सडकमा लगानी गर्दै आएपछि बल्ल गाउँमा जीप सुचारु गर्न सफल भइएको बडिमालिका नगरपालिका ५ मनाका वडा अध्यक्ष बलबहादुर थापाले बताउनुभयो ।

बडिमालिका नगरपालिकाका अन्य सबै वडामा दुइ चार वर्ष पहिले सडक सञ्जालको पहुँच भएपनि मना गाउँमा सडकको पहुँच नहुँदा त्याहाँका स्थानीयवासीलाई सदरमुकाम मार्तडीसम्म आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको थियो । मनामा जिप पुगेपछि बडिमालिकाका सबै वडामा सडक सञ्जाल जोडिएको छ । 

 

 



शनिबार ०३, पुष २०७८ ०७:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.