नजिक न्युज https://najiknews.com नजिक न्युज - नजिक न्युज en-US hourly 1 Copyright 2023 Mon, 05 Jun 2023 10:16:21 +0545 भूस्वर्ग खप्तड जान बाजुराको पैदल मार्ग नै सहज https://najiknews.com/news/11703 Sun, 04 Jun 2023 22:18:42 +0545 https://najiknews.com/news/11703 सीमाना जोडिएका चार जिल्लाका जुनसुकै ठाउँबाट यात्रा गर्दा पनि ४ घण्टा देखि ९ घण्टासम्मको पैदल यात्रा गर्नु पर्ने अवस्था छ । दुरीका हिसाबले अन्य जिल्ला भन्दा सबैभन्दा छोटो बाजुरा नै पर्ने गरेको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाको लसकेबाट ४ देखि ५ घण्टाको दुरीमा खप्तड पुग्ने गरिन्छ । बाजुरा : सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडसम्म सडक बाटोको पहुँच पुगेको छैन् । बाजुरा, बझागं, अछाम र डोटी जिल्लाको सीमा क्षेत्रमा पर्ने खप्तड पुग्न हवाई बाहेक जुन जिल्लाको बाटो प्रयोग गरेपनि पैदल यात्रा नै गर्नु पर्ने हुन्छ । 

सीमाना जोडिएका चार जिल्लाका जुनसुकै ठाउँबाट यात्रा गर्दा पनि ४ घण्टा देखि ९ घण्टासम्मको पैदल यात्रा गर्नु पर्ने अवस्था छ । दुरीका हिसाबले अन्य जिल्ला भन्दा सबैभन्दा छोटो बाजुरा नै पर्ने गरेको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाको लसकेबाट ४ देखि ५ घण्टाको दुरीमा खप्तड पुग्ने गरिन्छ ।  

चारवटै जिल्लाबाट जाने बाटो उकालो छ । तर बाजुराको बाटो सबैभन्दा छोटो र सहज रहेको भन्छन्, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत । पैदल दुरीका हिसाबमा बाजुरा पछि अछाम, बझाग र डोटी जिल्लाबाट क्रमश बढी समय यात्रा गर्नु पर्ने हुन्छ । 

यातायात सहजका हिसाबमा डोटी जिल्लाबाट सहज लागेपनि त्यहाँबाट पैदल यात्रा बढी समय लाग्ने र कष्टकर हुने गरेको खप्तड घुमी फर्केकाहरुले बताउने गरेका छन् । यात्रामा कष्ट सबैतिर छ, तर समय बढी डोटीबाट र कम बाजुराबाट लाग्ने गरेको पर्यटन व्यवसायीहरुले बताउने गरेका छन् ।

बाजुराको लसकेकाँधसम्म सडक बाटो पुगेको छ । सेती लोकमार्गको बाटो समेत लसकेकाँध सँगै जोडेर निर्माण भएको छ । बझाग र बाजुराबाट पनि सहज बाटो पुगेको छ । त्यहाँबाट ४ देखि ५ घण्टाको यात्रा पनि खप्तड पुग्ने गरिन्छ । त्यसपछि अछाम र बझागबाट पनि केही हदसम्म छोटो दुरी पर्छ भने डोटीबाट पनि अधिकांशले यात्रा गर्दै आएका छन् ।

सबै जिल्लाले निकुञ्ज नजिक सडक बनाए पनि निकुञ्ज क्षेत्रभित्र पैदल बाहेक सडक निर्माणको अनुमति नभएकोले खप्तड यात्रा पैदल गर्नै पर्ने बाध्यता छ । यतिबेला खप्तड आध्यात्मिक सम्मेलनको तयारी तिब्र पारिएको छ । 

जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनको व्यवस्थापन देखि अन्य तयारीका कामहरु भइरहेका छन् । एक पछि अर्को यात्रीहरु खप्तड जानेक्रम बाक्लीदै गएको छ । खप्त जानेहरु मध्ये अधिकांशले बाजुराको पैदल मार्ग प्रयोग गरेको देखिन्छ ।

पालिका स्तरबाटै व्यवस्थीत पैदल मार्ग बनाउने योजना सार्न आवश्यक देखिएको छ । योजनाकै रुपमा अघि सारिसकिएकोले यसै वर्षभित्र काम अघि बढाउने पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । खप्तड सुदूरकै प्रमुख पर्यटकीय गन्तव्य हो । 

भूस्वर्गका नामले परिचित खप्तडलाई सुदूरमा लुकेको स्वर्गका रुपमा पनि परिभाषित गर्ने गरिएको छ । खप्तड क्षेत्रको महिमा र संभावनाको उजागर गर्न यतिबेला अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको आयोजक समिति सदस्य एवं  खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताएका छन् ।

खप्तडलाई तत्कालिन श्री ५ को सरकारले २०४३ सालमा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरेको थियो । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्य, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुनेछन् । 

पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्यले खप्तडलाई नेपालको स्वीजरल्याण्ड भनेका छन् । उनले खप्तड रारा मानसरोवरलाई एकीकृत पर्यटन विकासमा समावेश गरेर लैजान सुझाव सहीत आफूले सहयोग गर्ने समेत बताएका छन् । सम्मेलनका लागि यतिबेला सयैको संख्यामा खप्तडजानेहरुको घुँइचो लागेको छ । 

आध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समितिसमेत गठन गरि काम कारवाही अघि बढाइएको छ । समिति अन्तर्गत कामका सहज पार्नका लागि १२ उपसमिति गठन गरिएका छन् । 

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । धार्मिक, आध्यात्मिक र सांस्कृतिक संरक्षण गर्न सम्मेलनको आयोजना हुन लागेको हो । 

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्यता, आध्यात्मिक, योग, ध्यान र साधनाको महत्वलाई चिनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । बाजुराबाटै सुदूर साहित्य प्रतिष्ठानका कलाकारको टोली भोलि नै बाजुराको लसकेबाट खप्तड जान लागेको छ । 

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति, तथा स्थानीय तहको आयोजनामा हुन लागेको सम्मेलन सम्पन्न गर्न करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

उसोत ‘मानसखण्ड’ पुस्तकमा समेत खप्तडलाई पृथ्वीको सुन्दर ठाउँका रूपमा वर्णन गरिएको छ । ६५ वर्षको उमेरमा खप्तड पुगेका खप्तडबाबाले साधना सोही क्षेत्रमा ५० वर्ष बताएको इतिहास छ । खप्तड आफैँमा अलौकिक देव भूमिको रुपमा परिचित छ ।

]]>