२०७९ बैशाख १२ गते सोमबार नजिक न्युज संवाददाता
समाजवादीबाट उपाध्यक्षमा धर्मबहादुर शाहीले उम्मेदवारी दर्ता गराउने चर्चा चलेपनि अन्तिममा नगरेको बुझीएको छ । माओवादीको तर्फबाट भने उपाध्यक्षमा रमेश ओड र गम्भीर खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ बैशाख १२ गते सोमबार नजिक न्युज संवाददाता
पालिकामा समाजवादी र माओवादीले गठबन्धन गरेका छन् । अध्यक्ष सहीत ३, ४ र ५ नम्बर वडा अध्यक्ष समाजवादी र उपाध्यक्ष सहीत १ र २ मा माओवादीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा एमालेबाट सुलोचना भण्डारी बुढा, माओवादीका सुरेश रोकाया स्वणिम र काँग्रेसकै बागी उम्मेदवार अप्सरा शाहीले उम्मेदवारी दर्ता गराएकी छन् ।२०७९ बैशाख १२ गते सोमबार नजिक न्युज संवाददाता
बोहरा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नगर प्रमुखको आकाक्षी थिए । त्यो बेला पनि काँग्रेसले बुढीनन्दा ३ को वडा अध्यक्षको टिकटमा सीमित बनाएको थियो । लामो राजनीतिक इतिहास भएर पनि पछि पार्टी प्रवेश गरेका व्यक्तिलाई टिकट दिने र आफूलाई अन्याय गर्ने गरेको आक्रोश सहीत बोहराले काँग्रेस छोडेका हुन् ।२०७९ बैशाख १२ गते सोमबार नजिक न्युज संवाददाता
खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष समेत रहेका रावतले पार्टीको कुनै जिम्मेवारीमा नबस्ने घोषणा सहीत पदबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसले खप्तड छेडेदहमा पार्टी सभापति रामसिंह रावल निकट मानिएका खडक बुढालाई अध्यक्षमा र विसुदेवी नाथलाई उपाध्यक्षमा टिकट दिएको छ ।२०७९ बैशाख ११ गते आइतबार नजिक न्युज संवाददाता
नेपाली काँग्रेसका कार्यकर्ताले पालिकाका प्रमुख उपप्रमुको टुंगो लागेको आधिकारीक जानकारी विना नै सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । आफू पक्षित नेताहरुको फोटाहरु राखेर कार्यकर्ताले जितको बधाई सहीतको स्टाटस राख्ने गरेका छन् ।२०७९ बैशाख ११ गते आइतबार नजिक न्युज संवाददाता
नेपाल पत्रकार महासंघ बाजुराकी सचिव थापा प्रेस चौतारी नेपाल बाजुराको जिल्ला अध्यक्ष पनि हुन् । रेडियो बाजुराबाट पत्रकारिता सुरु गरेकी थापाले हाल रेडियो बार्जुमा कार्यरत थिईन् । रेडियो बाजुराको स्टेशन प्रबन्धक पदबाट एक महिना अघि नै राजिनामा दिएर थापा उम्मेदवार बन्ने आकांक्षा राखेकी थिईन् ।२०७९ बैशाख ११ गते आइतबार नजिक न्युज संवाददाता
जसमा अधिकांश पुरानै अनुहार दोहोरीएका छन् । एमालेले जितेको गौमुल गाउँपालिकामा वर्तमान अध्यक्ष उपाध्यक्ष हरि रोकाया र सीता थापा नै दोहोरीएका छन् । जगन्नाथ गाउँपालिकामा वर्तमान अध्यक्ष कालीबहादुर शाही दोहोरीएपनि उपाध्यक्ष ऐना गिरीको ठाउँमा मरुकला विष्टलाई उम्मेदवार बनाएको एमालेले बताएको छ ।२०७९ बैशाख १० गते शनिबार नजिक न्युज संवाददाता
प्रतिवद्धता पत्र एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा संविधानसभा सदस्य बसुन्धरा रोकाया, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर ओली, गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलबहादुर रावत, उपाध्यक्षका उम्मेद्वार मन्देवी ओली, गाउँ कमिटी अध्यक्ष गोपाल बुढा लगायत नेताहरूले सामुहिक रूपमा सार्वजनिक गरेका हुन् ।२०७९ बैशाख १० गते शनिबार नजिक न्युज संवाददाता
आकांक्षी उम्मेदवार बीचमा सहमति हुन सक्दा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले अझै आफ्नो उम्मेदवारको टुंगो लगाएको छैन् । माथिल्लो कमिटीमा टुंगो लगाउने अधिकार पाएर पनि उम्मेदवार कस्लाई बनाउने भन्नेमा नेताहरु नै विभाजित देखिएका छन् ।२०७९ बैशाख १० गते शनिबार नजिक न्युज संवाददाता
शनिबारको दिन पारेर ती सातै जना एकसाथ मार्तडी बजार नजिकैको जंगलमा काफल खान गएका थिए । सँगै एउटै रुखमा चढेर काफल खाँदै गरेका उनीहरु रुख ढलपछि घाइते भएका हुन् । विदाको दिन यहाँका अधिकांश बालबालिका नजिकैको जंगलमा काफल खान जाने गरेका छन् ।२०७९ बैशाख १० गते शनिबार नजिक न्युज संवाददाता
तर पछिल्लो टिकट वितरणको रस्काकस्सी र नेताहरुका गुटगत मानसिकताले नेपाली काँग्रेसले २०७४ को विरासत जोगाउन मुस्कील पर्ने देखिन्छ । यो पटक गठबन्धनको फाइदा, एमालेको विभाजनले थप पालिकामा आफ्नो स्थान सुरक्षित राख्नु पर्ने अवसर काँग्रेससँग छ । तर काँग्रेस नेताहरु बीचको टिकट वितरणमा देखिएको गुटनीतिले अवस्थामा धेरै बदलाब आउने निश्चित जस्तै देखिन्छ ।२०७९ बैशाख ०७ गते बुधबार नजिक न्युज संवाददाता
बेपत्ता ऐडीका श्रीमान ड्युटीमा गएको समयमा डेढ वर्षको छोरासहित ५० हजार रुपैयाँ भारु नगद लिएर फरार भएकी उनको श्रीमानले बताएका छन् । बेपत्ता ऐडीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।२०७९ बैशाख ०७ गते बुधबार नजिक न्युज संवाददाता
आर्थिक कारोबार गर्दा चेकबाट नभई एटिएम सेवा लिन सहज हुने भएकाले सेवा सुचारु गरिएको हो । लाइनम लागेर चेक साट्नु पर्ने बाध्यता कम गर्न ग्राहकलाई आवश्यक परेको बेला जतिबेला पनि एटिएमबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यका साथ उक्त सेवा सुचारु गरिएको प्रवन्धक बुढाले बताए ।२०७९ बैशाख ०७ गते बुधबार नजिक न्युज संवाददाता
रौलेका अनुसार वडाध्यक्ष पदका लागि अन्य आकांक्षी भए पनि वडा कार्य समितिले उम्मेदवारहरुको आपसी समझदारी गरी सर्वसम्मत वडाध्यक्ष पदका उम्मेदवार रौलेलाई बनाएको हो । नेकपा एमालेले जितेको वडामा सर्वसम्मत उम्मेदवार बनाउने रणनीति सहीत काँग्रेसले गाउँ तहमा राम्रो प्रभाव राख्ने रौलेलाई उम्मेदवार बनाएको हो ।२०७९ बैशाख ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
जिल्लामा क्रियाशिल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावीमा उम्मेदवार बनाउने देखिएको छ । एमाले र काँग्रेसले नौ वटै पालिका र ६९ वटै वडामा उम्मेदवार बनाउने अवस्था रहेपनि माओवादी र समाजवादीले सबैमा उम्मेदवारी दिने अवस्था देखिएको छैन् ।२०७९ बैशाख ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
बैशाख १९ गतेसम्म चल्ने कृषि गणना दुई चरणमा गरिने भएको छ । पहिलो चरणमा सूचीकरण गर्ने र त्यसपछि सूचिकृत क्षेत्रको गणना लिने गणना अधिकृत केशरबहादुर ओलीले बताएका छन् । गणनाका जिल्लाका ६९ वटा वडा मध्ये ६० वडाका १ सय बढी टोलमा गर्ने बताइएको छ ।२०७९ बैशाख ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
मुक्तक संग्रहको बाजुरा क्याम्पस मार्तडीमा आयोजित औपचारिक कार्यक्रमका बीच विमोचन गरिएको छ । मुक्तक संग्रहको बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित र मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले सयुक्त रुपमा विमोचन गरेका हुन् ।२०७९ बैशाख ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
वजार क्षेत्रको फोहोरको ब्यबस्थापन गर्ने जिम्मा स्थानिय सरकारलाई दिइएको छ । बुढीनन्दा नगरपालिकाले फोहोर ब्यबस्थापनका लागि अहिले सम्म पनि डम्पीङ साईड बनाउन सकेको छैन । निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि डम्फीङ साईड बनाउन सकेका छैनन् ।२०७९ बैशाख ०६ गते मङ्गलबार नजिक न्युज संवाददाता
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।२०७९ बैशाख ०५ गते सोमबार नजिक न्युज संवाददाता
जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), राप्रपा, नेकपा एस लगायत १३ ओटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेको जिल्ला निर्बाचन कार्यालयका प्रमुख अवस्थीले बताएका छन् ।२०७९ बैशाख ०५ गते सोमबार नजिक न्युज संवाददाता
शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा बाजुरामा १५ परीक्षा केन्द्रमा एसईई परिक्षा संञ्चालन हुने जिल्ला शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ ।२०७९ बैशाख ०५ गते सोमबार नजिक न्युज संवाददाता
बुढीगंगामा उपप्रमुखका लागि पनि माया कुँवर, देबु खाती र विमला थापाको उम्मेदवारी रहेको छ । नेताहरुको रोजाइले नै उम्मेदवारी चयनमा भूमिका खेल्ने आँकलन गर्न थालिएको छ । पुरानो नेतृत्वको हिसामा मिनबहादुर विष्ट देखिएपनि भरत थापा र रामबहादुर बाँनीया मध्ये एक जनाले टिकट पाउने बुझीएको छ ।२०७९ बैशाख ०५ गते सोमबार नजिक न्युज संवाददाता
समाजवादीले अध्यक्ष मागेको स्वामिकात्र्तिक र माओवादीले अध्यक्ष मागेको जगन्नाथमा समेत नेपाली काँग्रेसले अध्यक्ष दिन नसकिने प्रष्ट अडान सुनाएको छ । उपप्रमुख, उपाध्यक्ष र वडा अध्यक्षमा सहमति गर्न सकिने भएपनि अध्यक्ष पद दिन नसकिने काँग्रेस नेताहरुले बताएका छन् ।२०७९ बैशाख ०४ गते आइतबार नजिक न्युज संवाददाता
लगातारको छलफलमा पनि आधारभुत सहमति समेत नहुँदा तीन वटै दलले अन्तः आ आफ्नो दाबी सहीत प्रदेश कमिटीलाई सिफारिस गरेका छन् । गठबन्धनको आधारभुत सहमति सहीतको खाका हिजो नै पठाउनु पर्ने भएपनि तीन वटै दलले आज मात्र प्रदेशमा सिफारिस गरेको गठबन्धन सहकार्य कार्यदल बाजुराका सदस्य एवं नेपाली काँग्रेसका सहसचिव कृष्णराज पाध्यायले बताएका छन् ।२०७९ बैशाख ०४ गते आइतबार नजिक न्युज संवाददाता
नेपाल सरकारको २४ दिने खोप अभियान अन्र्तगत बाजुरामा बैशाख ४ देखि ८ गतेसम्म लगाउने स्वास्थ्य कार्यालय बाजुरका प्रमुख दया कृष्ण पन्तले बताएका छन् । खोप जिल्लाका नौ वटै स्थानीय तहमा एकसाथ लगाउन सुरु गरिएको हो ।