२०७९ जेठ ०१ गते आइतबार नजिक न्युज संवाददाता
काँग्रेसले राम्रो मतको अपेक्षा गरेको वडामै मतान्तर घटेपछि एमालेलाई आशा पलाएको छ । काँग्रेसले १ र ७ लाई बढी मत पाउने अपेक्षामा राखेको वडा हो, भने एमालेले ४ र ९ लाई बढी मत पाउने वडाको सूचीमा राखेको छ । वडामा ९७३ मत खसेको थियो । ८ मत बदर भएको छ । अब २ नम्बर वडाको मत गणना सुरु भएको छ ।२०७९ जेठ ०१ गते आइतबार नजिक न्युज संवाददाता
यस्तै २ नम्बर वडामा काँग्रेसका भक्त बहादुर बुढा विजयी भएका छन् । बुढाले एमालेका गणेश शाहीलाई ७७ मतले पराजित गरेका छन् । काँग्रेसको गढका रुपमा रहेको वडामा शाहीले मतान्तर भने निकै ठुलो संख्यामा घटाएर जितेका हुन् । २ नम्बर वडा यस अघि पनि काँग्रेसका मिनबहादुर शाहीले जितेका थिए ।२०७९ जेठ ०१ गते आइतबार नजिक न्युज संवाददाता
रोकायाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चर्तुभूज शाहीले १६ सय १७ र उपाध्यक्ष सुलोचना भण्डारीले १६ सय १७ मत ल्याएर पराजित बनेका छन । स्वामिकात्र्तिकमा नेपाली काँग्रेस, नेकपा एमाले, समाजवादी र माओवादीबीच चुनावी प्रतिस्पर्धा भएको हो । अध्यक्ष, उपाध्यक्ष सहीत पाँच वटै वडामा माओवादी र समाजवादीले सहकार्य गरेका थिए ।२०७९ बैशाख १९ गते सोमबार नजिक न्युज संवाददाता
अहिले १ देखि ७ सम्मका सबै वडाध्यक्ष, सदस्यहरु सहीत नेता कार्यकर्ताहरु एकजुट भएर घरदैलो अभियानमा खटिएका छन् । १ देखि ७ वटै वडामा एमाले खप्तड छेडेदह गाउँ कमिटीले चुनावी घरदैलो कार्यक्रम गर्ने बताएको छ ।२०७९ बैशाख १८ गते आइतबार नजिक न्युज संवाददाता
त्रिवेणी नगरपालिकाको नगर प्रमुखको टिकट नपाएपछि अयडी रुष्ट बनेका थिए । २०७४ सालमै स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अयडीलाई त्यो बेला पनि अर्को पटक टिकट दिने सहमति गरिएको थियो । सहमति अनुसार काम नभएको र राजनीतिक फिल्ड बाहिर बाट आएका व्यक्तिलाई दिएको आक्रोश सहीत बागी उम्मेदवारी समेत दिएका थिए ।२०७९ बैशाख १८ गते आइतबार नजिक न्युज संवाददाता
पालिका प्रमुख उपप्रमुखका उम्मेदवार देखि वडा अध्यक्ष सदस्यसम्म सबै जना मतदातासँग भेटघाटमा व्यस्त छन् । नेताहरु किसानले काम गर्ने खेतबारी देखि गोठ खर्चसम्म र घर आँगनमा पुग्ने देखि सँगै काम गर्ने सम्मका तरिका अपनाएर भेटघाटलाई तिब्रता दिएका छन् ।२०७९ बैशाख १८ गते आइतबार नजिक न्युज संवाददाता
जिल्लाको प्रतिस्पर्धामा माओवादी र समाजवादीको जनमत हराए जस्तै देखिएको छ । उम्मेदवारीको संख्या हेर्दा काँग्रेस एमालेका अगाडि माओवादी र समाजवादीले आफूलाई पार्टीको रुपमा उपस्थिति गराउनै सकेको देखिदैन् । आफ्नो जनमत समेत जोगाउने गरि उम्मेदवारी नदिँदा कार्यकर्तामा निराशा देखिएको छ ।२०७९ बैशाख १८ गते आइतबार नजिक न्युज संवाददाता
बाजुराको नमुना मत पत्रमा पनि पहिलो नम्बरमा सूर्य चिन्ह राखिएको छ । यस्तै दोस्रोमा रुख, तेस्रोमा आँशी हथौडा र चौथोमा कलम राखिएको छ । बाजुराको नमुना मत पत्रमा २२ वटा चिन्ह रहेका छन् ।२०७९ बैशाख १८ गते आइतबार नजिक न्युज संवाददाता
वडामा समेत अस्तित्व स्वीकार्न काँग्रेस तयार नभएपछि निराश बनेका समाजवादीका नेताहरुले ९ को वडा अध्यक्षमा काँग्रेसले सहयोग गर्ने सहमति गरेसँगै खुसी देखिएका छन् । तर काँग्रेसले नगरमा आफ्ना उम्मेदवार हार्ने अवस्था आएपछि माओवादी र समाजवादीको साथ खोजेको छ ।२०७९ बैशाख १७ गते शनिबार नजिक न्युज संवाददाता
स्थानीय निर्वाचनमा आफ्नो पालिका जिताउने जिम्मेवारी पहिलो हुने भएपनि केन्द्रीय नेताहरु पनि पालिका केन्द्रीत भएका छन् । २०७४ सालको स्थानीय निर्वाचन गुमाएको एमालेका लागि यो पटक विरासत फर्काउन कठिन देखिएको छ । शिर्षनेताहरुले नै सक्रियता बढाएपछि जित पक्का जस्तै हुने देखिएको छ ।२०७९ बैशाख १७ गते शनिबार नजिक न्युज संवाददाता
युवा संघका नेता शाही सहीत नेपाली काँग्रेसका विनोद शाही, समाजवादीकै जुद्ध शाही, तपेन्द्र सिंह, दशरथ विक लगायतले एमाले प्रवेश गरेका हुन् । नवप्रवेशी युवाहरुलाई राष्ट्रिय युवा संघका नेता धुव्र सिंहले पार्टी प्रवेश गराएका हुन् ।२०७९ बैशाख १७ गते शनिबार नजिक न्युज संवाददाता
२०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टी भित्रको अन्तरघातले झिनो मतबाट पराजित हुन पुगेका बोहरा यो पटक भने सहज जितको तयारीमा छन् । बोहरालाई नै जिताउन नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र क को सभापति रामबहादुर बोहरा सहीतका दर्जनौ नेता कार्यकर्ताले काँग्रेस त्यागेर एमालेमा प्रवेश गरिसकेका छन् ।२०७९ बैशाख १७ गते शनिबार नजिक न्युज संवाददाता
दूई दशक लामो नेपाली काँग्रेसको राजनीति गरेका बोहरा नगर प्रमुखको टिकट नपाएपछि एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेले सघाउने सर्तमा बोहराले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र क को सभापति पद नै त्यागेर बोहराले एमाले प्रवेश गरेका छन् ।२०७९ बैशाख १७ गते शनिबार नजिक न्युज संवाददाता
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले ६०५ मत अन्तरले हार बेहोरेको थियो । त्यसबेला काँग्रेस, एमाले र माओवादी चुनावी मैदानमा भएपनि केही माओवादीले काँग्रेसलाई नै समर्थन गरेका थिए । २०४८ साल देखि नै काँग्रेसले आफ्नो पकडमा राखेको क्षेत्र भएकोले पहिलो स्थानीय तह निर्वाचन पक्षमा पार्न एमालेलाई मुस्कील परेको थियो ।२०७९ बैशाख १७ गते शनिबार नजिक न्युज संवाददाता
तरपनि गठबन्धन भित्रमा अध्यक्षमा रुख, उपाध्यक्षमा कलम र बागी उम्मेदवारीले पन मत मागेको अवस्थामा आँसी हथौडामा मतदान गर्नु पर्ने छ । भने वडामा पनि अध्यक्षमा रुख भएको वडामा सदस्यमा रुख, कलम आँसी हथौडा र वडामा आँसी हथौडा भएको ठाउँमा पनि रुख, कलम र आँसी हथौडामा मतदान गर्नु पर्ने अवस्था छ । यस्तो अवस्थामा मतदाता झुक्कीएर मत बदर हुने र त्यसको फाइदा पनि एमालेलाई नै हुने देखिएको छ ।२०७९ बैशाख १७ गते शनिबार नजिक न्युज संवाददाता
नौ वटै वडाका अध्यक्ष सहीतका उम्मेदवारहरु वडा केन्द्रीत गरिएको र नगर प्रमुख उपपप्रमुखका उम्मेदवारहरु प्रत्येक टोल बस्तीमा मतदातासँग भेटघाटमा व्यस्त देखिएका छन् । एमालेबाट नगर प्रमुखका उम्मेदवार अमर खड्का र उपप्रमुखका उम्मेदवार नन्दा थापा सहीतको टोली घरदैलोमा निस्कीएको छ ।२०७९ बैशाख १६ गते शुक्रबार नजिक न्युज संवाददाता
नेपाली काँग्रेसको गढकै रुपमा चिनिएको त्रिवेणीमा बाम गठबन्धन गर्ने गरि एमाले र माओवादी नेताहरु सहमत भएका छन् । २०७४ सालको स्थानीय चुनावमा काँग्रेसले ३३ सय ६५ मत ल्याएर जितेको थियो भने एमालेले २१ सय ९४ र माओवादीले ८ सय ८४ मत ल्याएको थियो ।२०७९ बैशाख १६ गते शुक्रबार नजिक न्युज संवाददाता
उपप्रमुख सिता बराल थापाले उम्मेदवारी फिर्ता लिएको समाजवादीका नेता मानबहादुर कार्कीले बताएका छन् । समाजवादीका तर्फबाट बडीकालिका ९ मा मात्र अध्यक्ष दीर्घराज पाध्याय रहने गरि सिंगो टिम सहीत उम्मेदवारी दिएका छन् ।२०७९ बैशाख १६ गते शुक्रबार नजिक न्युज संवाददाता
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले बडीमालिका नगर कमिटीले तयार गरेको २० पृष्ठको प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सरसफाइ, सडक पुर्वाधार विकास शिक्षा लगायतलाइ विशेष प्राथमिकता दिएको छ ।२०७९ बैशाख १६ गते शुक्रबार नजिक न्युज संवाददाता
नेपाली काँग्रेसले ४ नम्बर वडामा रुपेश धामीलाई टिकट दिएको छ । जिल्ला सभापति रामसिंह रावलले पेलेरै गुट नमिलेका कारण रुपेश धामीलाई टिकट दिएपनि पालिका सभापति पदबाट पनि हर्कबहादुर रावतले राजीनामा दिएका थिए । रावतले राजीनामा लगत्तै पाँचै जनाको टिम बनाएर वडामा उम्मेदवारी दिएका हुन् ।२०७९ बैशाख १६ गते शुक्रबार नजिक न्युज संवाददाता
माओवादीले अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्कीलाई सहयोग गर्ने सहमति गरेको छ । भने वडामा पनि एमाले माओवादी बीच सहकार्य गरिएको छ । अध्यक्षमा चार जनाको उम्मेदवारी परेकोमा कसैले पनि फिर्ता लिएका छैनन् ।२०७९ बैशाख १६ गते शुक्रबार नजिक न्युज संवाददाता
उम्मेदवारी फिर्ता लिनेमा उपाध्यक्षका उम्मेदवार रुपबहादुर ओड, वडा अध्यक्षका उम्मेदवार लोकेन्द्र बिष्ट, देबेन्द्र बहादुर बिष्ट र सदस्यका उम्मेदवार भिर्कु सार्की, मर्जन लवार, ताराजन रोकाया, रुपकेउडा नाथ, सेतु नाथ, सतधन साकी, बुङ्गची लवार रहेका छन् ।२०७९ बैशाख १६ गते शुक्रबार नजिक न्युज संवाददाता
बोहराले काँग्रेसको क्षेत्रीय सभापति पद त्यागेर उम्मेदवारी दिएका हुन् । बोहरालाई एमालेले सहयोग गर्ने भएको छ । यस्तै २ जना वडा अध्यक्षले पनि उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा अनोज आउजी र नृप खत्री रहेका छन् । खत्री काँग्रेस र आउजी समाजवादीबाट उम्मेदवारी दिएका थिए ।२०७९ बैशाख १५ गते बिहिबार नजिक न्युज संवाददाता
आफ्नै चुनाव चिन्हमा चुनावी गठबन्धन गर्न लागिएको नेताहरुले बताएका छन् । एमालेबाट जगन्नाथमा पार्टी अध्यक्ष कालीबहादुर शाही, उपाध्यक्षमा मरुकला विष्ट उम्मेदवार बनेका छन् । माओवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका महेश शाहीलाई फिर्ता बोलाएर चुनावी गठबन्धनको तयारी अन्तिम सहमतिमा पुगेको बुझीएको छ । तर निश्चिन नै भइसकेको छैन् ।२०७९ बैशाख १५ गते बिहिबार नजिक न्युज संवाददाता
त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये ५ एमाले र ४ माओवादीले पाउने गरि चुनावी तालमेल गर्ने तयारी गरिएको नेताहरुले बताएका छन् । त्रिवेणीमा एमालेबाट प्रमुखमा मोतिसिंह बुढा उज्वल र उपप्रमुखमा माओवालीका मनराजे बुढा मिलनलाई उठाउने लिखित सहमति भइसकेको बुझीएको छ ।