२०७९ जेठ १२ गते बिहिबार रासस
जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया एक महिलाको तीन वर्ष पहिले छाउगोठमा सुतिरहेको अवस्थामा ज्यान गयो। राति आगो बालेर सुतेको बेला गोठमा सल्किएको आगोबाट उनको ज्यान गएको थियो।२०७९ जेठ ०२ गते सोमबार नजिक न्युज संवाददाता
पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्याली निकालेको थियो। र्यालीमामा सहभागि भएका नेता, कार्यकर्ताहरू घाइते भएको प्रहरीले बताएको छ।२०७८ चैत ०२ गते बुधबार नजिक न्युज संवाददाता
जेल्नरसँग अष्ट्रियामा पाराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए । मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ ।२०७८ चैत ०१ गते मङ्गलबार नजिक न्युज संवाददाता
अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ। हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको छ। हातपातपछि कठायत फरार रहेका छन्। दोषिमाथि कडा कारवाही नभएसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कामकाज बन्द गरिने गाउँपालिकाले जनाएको छ।२०७८ फागुन ३० गते सोमबार नजिक न्युज संवाददाता
‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस्टहरूसँग चुनावी गठबन्धन नहुने दाबी गरे ।२०७८ फागुन २२ गते आइतबार रासस
‘‘प्रवासमै जन्मिएका नेपालीका छोराछोरीलाई आफ्नो भाषा, कला, संस्कृति, नैतिक शिक्षाजस्ता विषयमा पाठशाला सञ्चालन गरेर पुस्तान्तरणको प्रयासमा छौं,’’ उनले भने, ‘‘आफ्नो भाषा, कला, संस्कृति, सभ्यता, गीत, नृत्यको पुस्तान्तरण नभइरहँदा देखिएको भाषाको असहजता हटाउन यस्तो पाठशाला कक्षा आवश्यक देखिएको हो।’’२०७८ माघ २८ गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो। यहाँका नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए।२०७८ माघ १४ गते शुक्रबार नजिक न्युज संवाददाता
यस्तै आज फेरि बदेलको आक्रमणमा परि ५८ वर्षीय केशवराज ओझा पनि घाइते भएका छन्। ओझालाई उपचारका लागि दिपालय लगिएको बताइएको छ। बदेलले आतंकपछि स्थानीय त्रसित बनेका छन्।२०७८ पुष २९ गते बिहिबार रासस
यातायात सञ्चालनमा समस्या हुनुका साथै सडक भरी जम्मा भएका बालुवा, काठ, ढुङ्गा अहिलेसम्म पनि नहटाएका कारण आफूहरूले उक्त सडक सफा गरी यातायात सञ्चालनमा सहज गराएको जिल्लामा सञ्चालित भागेश्वर अटो प्रालीका सचिव प्रदीप बोगटीले बताए।२०७८ मङि्सर ०८ गते बुधबार नजिक न्युज संवाददाता
सर्वाधिक मत ल्याउने सिंह र बडूबीच फेरि सभापतिका लागि चुनाव हुने निर्वाचन समितिले जनाएको छ। वर्तमान सभापति देउवा भने पहिलो चरणको चुनावबाटै बाहिरिएका छन्।२०७८ असोज २३ गते शनिबार नजिक न्युज संवाददाता
दसैंसँग गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ। स्थानीय युवा क्लब र काठमाडौँमा बस्ने गरेका यहाँका कलाकारले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँमा दसैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजनासमेत गरिरहेका छन्।२०७८ असोज २२ गते शुक्रबार नजिक न्युज संवाददाता
जिल्लामा चाडपर्वका बेला मात्रै अनुगमन हुने भएकाले पनि यहाँका बजारमा प्रायःजसो अखाद्य वस्तु बिक्री वितरण कार्यले प्रश्रय पाएको दिपायल पिपल्लाका बासिन्दा रामबहादुर विष्टले बताए।२०७८ भदौ १७ गते बिहिबार रासस
नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए। उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ।२०७८ भदौ ०३ गते बिहिबार रासस
यहाँका निजी मेडिकलमा उच्च पावरको औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उक्त रोगका बिरामी सरकारी अस्पतालभन्दा पनि गाउँमा खोलिएका निजी मेडिकल प्रति बढी आकर्षित हुने गरेका अर्का स्थानीयवासी करनसिंह खत्रीले बताए।२०७८ साउन २५ गते सोमबार रासस
जिल्लामा कोरोना त्रास कायमै रहेको र केही आर्थिक अभाव र मजदूर नपाउँदा काममा केही सुस्तता आएको निर्माण कम्पनीको दाबी छ।२०७८ असार १८ गते शुक्रबार नजिक न्युज संवाददाता
यहाँका विभिन्न जिल्लामा अझैपनि धान रोपाइँ सुरु भइरहेकाले धान रोपाइँ प्रतिशत अझै बढ्ने निर्देशनालयको दाबी छ। जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ। रोपाइँको चहल पहलले गर्दा यहाँका गाउँघर निकै रमाइला भएका छन्।२०७८ असार १४ गते सोमबार नजिक न्युज संवाददाता
शिला भेटिएको उत्तरतर्फ पाण्डवकालिन भीमछेदन शिला समेत रहेको छ। भेटिएको शिलाको सम्बन्ध भीमछेदन शिलासँग रहेको त्यहाँका स्थानीयले बताएका छन्।२०७८ जेठ ३० गते आइतबार नजिक न्युज संवाददाता
बडीकेदार गाउँपालिका ३ घाङलमा समेत कोरोना फैलिएको छ । एउटै गाउँमा एकै पटक ४९ जनामा कोरोना पोजेटिभ देखिएको बडीकेदार गाउँपालिकाका स्वास्थ्य इकाइ प्रमुख योगेन्द्रबहादुर शाहीले बताए । भारतबाट आएका व्यक्तिका कारण गाउँमा कोरोना संक्रमण फैलिएको शाहीले बताए ।२०७८ जेठ २३ गते आइतबार नजिक न्युज संवाददाता
यसैगरी उक्त संस्थाले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि एन्टिजेन किट, सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोब्स, पिपिई सेट, अक्सोपल्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए।२०७८ जेठ २३ गते आइतबार रासस
उनले भने, “जिल्लामा रगत नहुँदा बिरामीलाई निकै सास्ति हुन थाल्यो, रगत अभाव हुन नदिन तथा चाहिको बेलामा रगत दान गर्ने व्यक्ति खोज्नु पर्ने झन्झटको अन्त्यका लागि यो अभियान सुरु गरेका छौँ।”२०७८ जेठ १९ गते बुधबार रासस
जिल्लामा दोस्रो चरणको कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण तीव्र रुपमा बढिरहेको र उपचार गर्नमा समस्या भइरहेको अवस्थामा उक्त संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेपछि अब गाउँका नागरिकलाई उपचार गर्नमा सहज हुने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए।२०७८ जेठ १५ गते शनिबार रासस
कोरोना फैलिएपछि विदेश तथा अन्य ठाउँबाट सबै घरमै फर्किएकाले रोपाइँ गर्न सहज भएको किसानको भनाइ छ। वर्षाले समयमै रोपाइँ सुरु गर्न पाएपछि यहाँका कृषक हर्षित भएका छन्। वर्षातसँगै किसानले अन्य बाली मकै, कोदो, धान र अदुवासमेत लगाउन थालेका छन्।२०७८ जेठ १४ गते शुक्रबार नजिक न्युज संवाददाता
उनीमाथि मध्यरातमा ज्वलनशील पदार्थ छर्केर आगो लगाइएको र पेट्रोल, मट्टीतेल के हो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए। आगो कसले लगाएको हो भन्ने थाहा भइनसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए।२०७८ जेठ १३ गते बिहिबार नजिक न्युज संवाददाता
साँझको १३० को खाना गरी बिरामी र प्रत्येक बिरामीका एक कुरुवासमेतलाई उक्त खानेकुरा प्रदान गरिँदै आएको छ। संस्थाले यही जेठ ३१ गतेसम्म आइसोलेशनमा जे–जति सङ्ख्यामा बिरामी आए पनि ती बिरामी र उनीहरु प्रत्येकका एक कुरुवाको खाना तथा नास्ताको व्यवस्था मिलाइएको छ।२०७८ बैशाख २९ गते बुधबार रासस
जिल्लामा पूर्वीचौकी गाउँपालिकाले मात्रै आइसोलेसन निर्माण गरेको भए पनि अन्य स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेसन निर्माण नगरेको दिपायल सिलगढी नगरपालिका–५ का किरण भण्डारीले बताए।