२०७९ माघ १३ गते शुक्रबार नजिक न्युज संवाददाता
गाउँपालिकाले यस अघि लिएको मदिरा व्यवस्थापनको नीतिलाई प्रभावकारी र कडा बनाउँदै लैजाने, गाउँपालिकामा घुम्ती व्यापारीहरु छिरेर जनताहरुलाई ठगी गरेको व्यापक गुनासो आएका कारण घुम्ती व्यापारीहरुलाई गाउँपालिकाका कुनै पनि सिमा नाकाबाट छिर्न नदिने, स्थानीय बजार प्रवद्र्धन गरी स्थानीय उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिईएको छ ।२०७९ माघ १३ गते शुक्रबार नजिक न्युज संवाददाता
पालिका भित्रका सार्वजनिक सम्पत्तिको रक्षा, विकास निर्माणमा हुने अवरोधको सामना, सभा–सम्मेलनलाई व्यवस्थित बनाउन गाउँ प्रहरी गठनको आवश्यकता देखिएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर बताए ।२०७९ माघ ०७ गते शनिबार नजिक न्युज संवाददाता
डाक्टर धामीकाअनुसार आवासीय विद्यालयमा गरिब, विपन्न, अनाथ, भोटृजनजातिका बालबालिकाहरु बस्दै आएका छन् । उनीको स्वास्थ्य परीक्षण गरेर आवश्यक औषधि वितरण हो । आवासीय विद्यालयमा बस्ने विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी राख्नका लागि शिविरको आयोजना गरिएको नगरप्रमुख बोहराले बताएका छन् ।२०७९ माघ ०७ गते शनिबार नजिक न्युज संवाददाता
सुनकेशरीकिशोरी संवाद केन्द्रको आयोजना र सहयोगि हातहरुको समूह (सहास) नेपाल, समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको आर्थिक सहयोगमा बालविवाह न्युनीकरण सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको किशोरी संवाद केन्द्रका सहजकर्ता शौभाग्य विकले बताएकी छन् ।२०७९ माघ ०४ गते बुधबार नजिक न्युज संवाददाता
बाजुरा जिल्ला भित्रका सडकमा चल्ने याुत्रवाहक सवारी साधनको प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले माघ २० गते सर्वाजनिक गरेको भाडादर कार्यान्वयन नगर्नेलाई कडा कारबाही सहीत भाडा असुल्नेलाई फिर्ता गराउने गरिएको छ ।२०७९ पुष २० गते बुधबार नजिक न्युज संवाददाता
गौमुल गाउँपालिकाका सबै वडामा लक्षित गरि सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट धेरैले उपचार गर्न पाएका छन् । गाउँमै स्वास्थ्यकर्मीको टोली पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरेपछि दुर्गमका नागरिकहरु खुशी भएका छन् ।२०७९ पुष २० गते बुधबार नजिक न्युज संवाददाता
कृषि मेलामा गौमुल गाउँपालिका ६ वटै वडाका महिला अधिकार मञ्चले देउडा समेत प्रस्तुत गरेको थियो । महिलाहरुले देउडा मार्फत बजारिया अखाद्य बस्तुहरु नखाउ, अगार्निक बाली उत्पादन गरि स्वस्थकर जीवन जिउने बानीको विकास गरौं भन्ने सन्देशमुल देउडा प्रस्तुत गरेकोे थियो ।२०७९ पुष १५ गते शुक्रबार नजिक न्युज संवाददाता
प्रत्येक सहकारीलाई अफिस टेवुल १ थान, कुर्सी ३ वटा, दराज १ थान, ईडेक्स फाईल ६, प्रिन्टर १ थान र रिङ फाईल ६ वटा सहयोग गरिएको छ । सहकारीको व्यवसापक पक्षलाई सुधार गर्न फर्निचर सहीतका सामाग्री सहयोग गरिएको हो ।२०७९ पुष १५ गते शुक्रबार नजिक न्युज संवाददाता
वर्षौदेखि धुवाँ सहीतको पुरानो चुलोमा खाना पकाउदै आएका गाउँका महिलाहरु अबदेखि धुवाँरहित चुलोमा खाना पकाउन र महिलाको स्वास्थ्यमा टेवा पुगोस भन्ने उद्देश्य सहीत चुलो वितरण गरिएको राईको भनाई छ ।२०७९ पुष १५ गते शुक्रबार नजिक न्युज संवाददाता
गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय खुशी भएका छन् । भने उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ । एकिकृत स्वास्थ्य शिविर सबै वडामा दुई–दुई दिन सञ्चालन गरिने छ । शनिबार ४ नम्बर वडाको निलासैन मानकोट स्वास्थ्य चौकीमा र १८ र १९ गते ६ नम्बर वडाकोे घट्मुना आधारभूत अस्पतालमा सञ्चालन गरिने गौमुल स्वास्थ्य शाखाले जनाएको छ ।२०७९ पुष ०४ गते सोमबार नजिक न्युज संवाददाता
उपचार सेवाको अभावमा यसअघि महिलाहरुले गर्भवती भएदेखि नै जीवन र मृत्युको दोसाँधबाट गुज्रिने गरेको बताउँदै समयमै शल्यक्रिया गरेर आफू र बच्चालाई बचाइदिएकोमा विकले खुसी व्यक्त गरिन् । उनले आफ्नो र बच्चाको ज्यान बचाईदिएको भन्दै सेवा सुरु गर्ने निकाय सहीत स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद व्यक्त गरेकी छन् ।२०७९ पुष ०२ गते शनिबार नजिक न्युज संवाददाता
अहिले भने हत्यारा पक्रन प्रहरी प्रशासन मौन देखिएपछि अनेरास्ववियुले हत्यारलाई पक्राय गरी कारबाही गर्न माग सहीत आन्दोलित भएको छ । सत्ता गठबन्धनको आडमा भएको विभत्स हत्याको छानविन गरी अपराधी कार्यमा संलग्न हत्यारालाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउने पर्नेमा अपराधीहरुलाई समातेर पनि पहिचान नभएको बाहानामा भारत पक्राउ गरिएका फराहार अभियुक्तहरुलाई छाडेको अनेरास्ववियुले भनेको छ ।२०७९ पुष ०२ गते शनिबार नजिक न्युज संवाददाता
त्रिवेणी नगरपालिका–७ आफ्नो घरमा सुतिरहेको बेला दिउँसो मतदान स्थलमा बुथ कब्जा गर्न नदिएको भन्दै घर फुटाएर सत्ता र शक्तिको आडमा अयडीको विभत्स हत्या गरिएको घटनाले अनेरास्ववियु बाजुरालाई दुखित तुल्याएको छ, विज्ञप्तीमा उल्लेख गरिएको छ । असक्षम सत्ता गठबन्धनको सरकारले निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न नचाहानुु र सत्ताको आडमा जनताको हत्या हुँदासम्म टुलूटुलु हरिरहनुले अपराधीको संरक्षणमा लागेको प्रष्ट देखिएको अनेरास्ववियुले जनाएको छ ।२०७९ मङि्सर २९ गते बिहिबार नजिक न्युज संवाददाता
गर्भपतन सेवालाइ थप प्रभाबकारी र ब्यबस्थीत बनाउन पालिकालाइ थप जिम्मेवार बनाउन लगायतका बिषयमा गोष्ठीमा छलफल भएको थियो । कार्यक्रममा पालिकाका जनप्रतिनीधिले सुरक्षित गर्भपन दिगोपनाका लागि पालिकाभित्र गर्भपतन सेवालाइ थप सहज बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।२०७९ मङि्सर २९ गते बिहिबार नजिक न्युज संवाददाता
औपचारिक कार्यक्रमको आयोजना गरी संस्थाले बिभिन्न गतिबिधि, आयब्यय र खर्चको समिक्षा गरी आगामी आउने दिनमा कसरी अगाडि बढ्ने भन्ने बिषयबस्तुमा केन्द्रित रहेर छलफल गरिएको पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताएका छन् ।२०७९ मङि्सर २२ गते बिहिबार नजिक न्युज संवाददाता
भवानी माध्यामिक विद्यालयलाई ५२ सेट डेस्क बेन्च सहयोग गरिएको शर्माले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालयलाई उपलब्ध गराईएको डेस्कको मुनि झोला राख्ने सुविधा पनि भएकाले बसाईमा सहजता हुनुको साथै शिक्षण सिकाई क्रियाकलापमा टेवा पुग्ने विश्वस गरिएको छ ।२०७९ मङि्सर २२ गते बिहिबार नजिक न्युज संवाददाता
सिगाडा माध्यामिक विद्यालयमा आयोजना गरिएको शैक्षिक सामाग्रि तथा विद्यालय पोशाक वितरण कार्यक्रममा बोल्दै गुड नेवर्स इन्टरनेशनल नेपालका परियोजना संयोजक तेजप्रसाद शर्माले बालबालिकालाई नियमित विद्यालय पठाई शैक्षिक उपलब्धीबारे जानकारी लिन अभिभावकलाई आग्रह गरे ।२०७९ मङि्सर २० गते मङ्गलबार नजिक न्युज संवाददाता
शिविरबाट ११५ महिला र ४४ जना पुरुषलाई एक्ससाइज सहीतको माध्यमबाट स्वास्थ्य परीक्षण सहीत उपचार गरिएको स्वास्थ्य संयोजक विकले जानकारी दिएका छन् । अम्लिस आधारभूत स्वास्थ्य केन्द्र भोलीसम्म सञ्चालन गरिने छ । २२ गते वडा नं.२ तल्लोदुगुन स्वास्थ्य इकाई, २३ गते दहकोट स्वास्थ्य चौकी र २४ र २५ गते वडा नं.३ को माझपाली आधारभूत स्वास्थ्य इकाईमा शिविर सञ्चालन हुने भएको छ ।२०७९ कार्तिक २७ गते आइतबार नजिक न्युज संवाददाता
विपक्ष दलहरुका भ्रामक आश्वासनलाई चिर्ने गरी जनतालाई मताधिकार प्रयोग गर्न लगाउन अध्यक्ष रोकायाले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । भेलामा चुनावी प्रचार प्रसारमा रणनीतिक ढंगले व्यापक रुपमा लाग्न पनि रोकायाले निर्देशन दिनुभएको छ ।२०७९ कार्तिक २७ गते आइतबार नजिक न्युज संवाददाता
बाजुरा अन्य दलहरु हकमा भने खासै प्रतिस्पर्धा नहुने र सहज चुनाव हार्ने सम्भावना देखिन्छ । नेपाली काँग्रेसमा पनि गठबन्धनले गर्दा चुनाव चित्न त्यति सहज छैन् । त्यसको फाइदा एमालले लिने देखिएको छ । बाजुरामा गठबन्धन भित्रै छुटाछुट्टै चुनावी प्रचार प्रसार छ ।२०७९ कार्तिक १६ गते बुधबार नजिक न्युज संवाददाता
निर्वाचन कार्यालयको टोलीले घट्मुनाका स्थानीयलाई प्रत्यक्ष रुपमा नमुना मतदान गराएर सिकाईएको थियो । स्थानीय नमुना मतदानमा सहभागि भई मतदान गरेका थिए । मतदानपछि मत सदर र बदरका विषयमा समेत सिकाईएको थियो । भोली बुढीगंगा नगरपालिकामा नमुना मतदान शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।२०७९ कार्तिक १६ गते बुधबार नजिक न्युज संवाददाता
राम्रो छवि भएका नेता प्रतिनिधी सभामा कर्णबहादुर थापा र प्रदेश सभामा लाल बहादुर थापा बलिया उम्मेदवार रहकाले एमालेको जित शुनिश्चित रहेको बताएका छन् । उम्मेदवारका हिसाबले चुनावको परिणामको फैसला गर्ने बताउँदै ४ वटा पालिका घरदैलो गर्दा ७५ प्रतिशत जित भइसकेकोे र बाकी २५ प्रतिशत आगामीक मंसिर ४ गतेसम्म पूरा हुने दाबी गर्नुभएको छ ।२०७९ कार्तिक १६ गते बुधबार नजिक न्युज संवाददाता
चार वटा पालिकाको घरदैलो सकेर प्रदेश (ख) मा केन्द्रीत भएको शाहीको टोलीले बाजुरामा एमालेको जित शुनिश्चित रहेको बताएको छ । केही प्रतिशत जित सुनिश्चित भएको र केही बाकी रहेकाले सत प्रतिशत चुनाव जित्न सबैले रणनीति सहीत लाग्नुपर्ने बताएका छन् ।२०७९ कार्तिक १६ गते बुधबार नजिक न्युज संवाददाता
शाहले भने सबैको विकल्प रहेको बताउँदै पार्टीभित्र अन्तरविरोधहरु हुन्छन, ती मित्रवद अन्तरविरोधहरु हुन् । ती छलफल, संवाद, सहकार्य, सहजीकरणबाट रुपमान्तरण गर्दै लैजाने कुरा हो । बाहिर अन्य पार्टीका अन्तरविरोधहरु सत्रुविद विरोधहरु भएकाले यसलाई प्रतिवाद गरेर अगाडी बढ्नु पर्ने बताएका छन् ।२०७९ कार्तिक १५ गते मङ्गलबार नजिक न्युज संवाददाता
गठबन्धनमा पार्टी भित्रै विद्रोह सृजना भएकाले बाजुरामा एमालेले जित्न कुनै कसुर नरहेको नेताहरुले बताएका छन् । एमालेले नीति, नेतृत्व र सत्तामा हुँदा गरेका कामकै आधारमा धेरैले एमालेलाई समर्थन गर्ने गरेकाले एमालेको जित सुनिश्ति रहेको नेताहरुले बताएका छन् । गौमुलका जनताहरुले सहभागि नेताहरुलाई भव्य स्वागत गरेका थिए ।