२०८० जेठ २१ गते आइतबार नजिक न्युज संवाददाता
सीमाना जोडिएका चार जिल्लाका जुनसुकै ठाउँबाट यात्रा गर्दा पनि ४ घण्टा देखि ९ घण्टासम्मको पैदल यात्रा गर्नु पर्ने अवस्था छ । दुरीका हिसाबले अन्य जिल्ला भन्दा सबैभन्दा छोटो बाजुरा नै पर्ने गरेको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाको लसकेबाट ४ देखि ५ घण्टाको दुरीमा खप्तड पुग्ने गरिन्छ ।२०८० जेठ २० गते शनिबार नजिक न्युज संवाददाता
भूस्वर्गका नामले परिचित खप्तडलाई सुदूरमा लुकेको स्वर्गका रुपमा पनि परिभाषित गर्ने गरिएको छ । खप्तड क्षेत्रको महिमा र संभावनाको उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको हो । खप्तडलाई तत्कालिन श्री ५ को सरकारले २०४३ सालमा राष्ट्रिय निकुञ्जका रुपमा घोषणा गरेको थियो ।२०८० जेठ १९ गते शुक्रबार नजिक न्युज संवाददाता
विपन्न परिवार, अधिकांशको सपना भारतको दिल्ली जाने र परिवार पाल्ने नै थियो, त्यो बेला । सन्तान उमेरपुगेपछि अध्ययन भन्दा भारतको दिल्ली लिने र नोकरीमा लगाउने अनि परिवारका लागि पैसा कमाउने सपना हर कोहीको हुने गथ्र्यो, त्यही समुदायमा हुर्केकी शोभाले केही फरक सोच राखिन् ।२०८० जेठ १९ गते शुक्रबार नजिक न्युज संवाददाता
विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान सीप बढाउन, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउनु, उपयुक्त वित्तीय सेवाहरु छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले गाउँमै पुगेर कार्यक्रम सञ्चालन गरिएको शाहीले बताएका छन् ।२०८० जेठ १६ गते मङ्गलबार नजिक न्युज संवाददाता
भूकम्पले घर चर्किएर बस्ने अवस्थाका नभएपछि छिमेकीकोे घर र त्रिपाल मुनि कष्टकर अवस्थामा बसिरहेका पीडितहरुलाई सुरक्षित आवास निर्माणका लागि सामाग्री वितरण गरिएको रावलको भनाइ छ । आवासा सामाग्री वितरण गरेपछि भूकम्भ प्रभावित परिवार खुसी भएका छन् ।२०८० जेठ १५ गते सोमबार नजिक न्युज संवाददाता
"मर्यादित महिनाबारी हाम्रो जिम्मेवारी " भन्ने विषयमा देउडा प्रतियोगिता गर्दै बुढीगंगा नगरपालिका वडा न. २ को ताप्रा गाउमा भब्य रुपमा मनाइएकाे छ ।२०८० जेठ १४ गते आइतबार नजिक न्युज संवाददाता
गाउँपालिकाले एक सूचना जारी गर्दै आगामीक आर्थिक वर्षको नीति बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा अमुल्य सुझाव माग हो । आगामी आर्थिक वर्षको नीति बजेट तथा कार्यक्रम दीर्घकालीन रुपमा महत्व राख्ने गरि बजेट ल्याउन लागेकोले आआफ्नो सुझाव दिन आग्रह गरिएको छ ।२०८० जेठ १२ गते शुक्रबार नजिक न्युज संवाददाता
बेलिब्रिज मार्तडी कोल्टी सडक खण्ड अन्तर्गत बाउलीको अनाई खोला, कोल्टीको दानसागु खोला र मार्तडी, आटीचौर थामलेक सडक अन्र्तगत भौनेरा खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएको छ ।२०८० जेठ ११ गते बिहिबार नजिक न्युज संवाददाता
नगरपालिकाले कोल्टी बजारको खानेपानी र विद्युत निरन्तरतालाई पहिलो उपलब्धीका रुपमा लिएको छ । बर्षौदेखि अँध्यरोको सास्ती र खानेपानीको समस्यामा रहेका बजार बासीले हाल नियमित पानी र विजुलीको उपयोग गर्न पाएका छन् । मोबाइल चार्ज समेत गर्न नपाउने र खानेपानी समेत खच्चडबाट बोक्नु पर्ने बाध्यता एक वर्षको अवधीमा हटेको छ ।२०८० जेठ ०९ गते मङ्गलबार नजिक न्युज संवाददाता
अध्यक्षलाई समेत जानकारी नहुने गरी वार गठनको हल्ला जेष्ठ ८ गते सुनिन आएकोले वार इकाइ बाजुरा नै स्तब्ध बनेको विज्ञप्तीमा उल्लेख छ । ७ जना कानुन व्यवसायी वारका सदस्य रहेकोमा ३ जनाको उपस्थिथि देखाइ अध्यक्ष, उपाध्यक्ष सहीतका बहुमत सदस्यलाई जानकारी समेत नगराएर कानुन सिकाउनेबाटै गैर कानुनी कार्यको गलत प्रचार हुन दुखत विषय रहेको अध्यक्ष गगन रावलले बताएका छन् ।२०८० जेठ ०९ गते मङ्गलबार नजिक न्युज संवाददाता
पीसविन बाजुराले जिल्लाको खप्तड छेडेदह गाउपालिका र बुढिगंगा नगरपालिकामा रहेका विद्यालायका १४९५ जनालाई लक्षित गरि गरी शैक्षिक सामग्री र पोशाक वितरण कार्य संञ्चालन गरेको छ ।२०८० जेठ ०९ गते मङ्गलबार नजिक न्युज संवाददाता
कर्णाली नदी पारि भएकै कारण विकासले विभेदमा परेको र सडक सञ्जालसम्म नजोडिएको पालिकाले वर्षदिनको अवधीमा धेरै राम्रो सुरुवाद र उपलब्धी गरेको रोकायाले बताएका छन् । अभाव, अफ्ठ्यारा र असहजताका बीच पनि जनताको पक्षमा गरिएका कामको उपलब्धी सार्वजनिक गर्दा खुसी लागेको रोकायाले बताएका छन् ।२०८० जेठ ०८ गते सोमबार नजिक न्युज संवाददाता
यस प्रति आफ्नो घोर आपत्ति रहेको बताउनुहँदै नगर प्रमुख खड्काले राजनिति प्रतिसोधका आधारमा नगरपालिकालाई असफल पार्ने प्रयास गरिएको उनको भनाई छ । सामाजिक सञ्जालमा बाहिरिएको भ्रमपुर्ण सुचनामा आफुहरुको संलग्नता नरहेको समेत उनले दाबी गरेका२०८० जेठ ०८ गते सोमबार नजिक न्युज संवाददाता
विवाह जीवनमा एक पटक हुने हो, जन्म र मृत्यु आफूलाई थाह हुदैन्, थाह हुने, महशुस गरिने र अनुभव लिन मिल्ने जीवनमै महत्वपूर्ण क्षण विवाह हो, त्यही पल पनि पीडादायी बिताउनुको पीडा कुनै सजाय र सम्मानले पूर्ति हुने दुखेसो बेहुली पार्वती सुनारले गरिन् । आफन्त छोडेर अर्काको ठाउँमा आएर खुसी मनाउदे दिन अपमानीत हुनु पर्दाको आफ्नै जीवनदेखि धिक्कार लाग्यो पार्वतीले थपिन् ।२०८० जेठ ०८ गते सोमबार नजिक न्युज संवाददाता
निर्माण सम्पन्न हेलिप्याड खप्तड छेडेदह गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला सुरक्षा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, गाउँपालिका कार्यकारी अधिकृत, वडा अध्यक्षहरु तथा सर्वसाधरणहरुको उपस्थितिमा हस्तान्त्रण गरिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।२०८० जेठ ०६ गते शनिबार नजिक न्युज संवाददाता
क्लबकै स्वामित्व रहने गरी पुस्तकालय स्थापना गरिएको क्बलका अध्यक्ष प्रेम नेपालीले बताएका छन् । पुस्तकालयको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले औपचारिक उद्घाटन गरेका छन् । पुस्तकाल संगै कम्प्युटर ल्याव पनि सञ्चालन गरिएको छ ।२०८० जेठ ०६ गते शनिबार नजिक न्युज संवाददाता
नेकपा एमाले निकटका विभिन्न पेशा व्यवसाय र संगठनमा आवद्धहरुको पेशागत संगठनका रुपमा रहेको महासंघका २६ वटा घटकहरुका प्रतिनिधीको सहभागि रहने गरेको छ । समितिमा पनिसबै क्षेत्रको प्रतिनिधीत्व हुने गरी पदाधिकारी तथा सदस्य चयन गरिएको निवर्तमान अध्यक्ष कृष्ण नाथ योगीले बताएका छन् ।२०८० जेठ ०६ गते शनिबार नजिक न्युज संवाददाता
कोल्टीमा सिटि स्क्यानको सुविधा नभएपछि गिरीलाई रिफर गरिएको थियो । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको रिफर गरिएको केही घण्टामै गिरीको डोटीको साझघाटमा मृत्यु भएको आफन्तले बताएका छन् । गिरी प्राथमिक स्वास्थ्य केन्द्र पुर्यादा विहोस अवस्थामा थिइन् । कोल्टीमा विमान नआएपछि सडक मार्गबाट गिरीको धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।२०८० जेठ ०५ गते शुक्रबार नजिक न्युज संवाददाता
बडीमालिका नगरपालिकाले ७ लाई कृषि तथा पशुपालन उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । बडीमालिका ७ ढम्कनेलाई आलु खेतीका लागि राजधानी नै मानिन्छ । यस अघि आलु महोत्सव समेत आयोजना गरिएको थियो ।२०८० जेठ ०१ गते सोमबार नजिक न्युज संवाददाता
प्रतियोगितामा विजेतालाई नगद सहीत प्रमाण पत्र प्रदान गरिएको छ । जसमा प्रथमले ३ हजार नगद सहीत प्रमाण पत्र, दोस्रोले २ हजार नगद प्रमाण पत्र र तेस्रो १ हजार नगद सहीत प्रमाण पत्र प्राप्त गरेका छन् । बाजुरा क्याम्पसमा मनाएको दिवसमा साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।२०८० बैशाख २५ गते सोमबार नजिक न्युज संवाददाता
जस्ताको पाताले छाएको दुई तले भवनको वाल भत्किएको छ । शिक्षिका कल्पना थापाले भनिन् आजभोली मौसम अनुकूल छ । मौसम सफा भएको दिन चौरमा बसालेर पढाउने गरेका छौ, वर्षाद भएको दिन त भत्किएकै कोठामा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ ।२०८० बैशाख २३ गते शनिबार नजिक न्युज संवाददाता
सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजना तथा बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो । महोत्सवको पाँचौ दिन भोली चर्चित गायक चर्क बम प्रस्तुती रहने छ । भने ईब्सल सञ्जेल र रामचन्द्र बोहरा र छत्र साँउदको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।२०८० बैशाख २३ गते शनिबार नजिक न्युज संवाददाता
शिविर भोली वैशाख २४ गतेदेखि २७ गते मंगलबार सम्म सञ्चालन हुने भएको छ । शिविरमा आँखा रोगको उपचार, छाला, नाक, कान, घाटी, दाँत, कलेजो, हाड तथा जोर्नी र सामान्य शल्यक्रिया लगायतका विभिन्न रोगहरुको उपचारसंगै स्वास्थ्य परीक्षण गरिने बताईएको छ ।२०८० बैशाख २३ गते शनिबार नजिक न्युज संवाददाता
बाजुराको विकासमा जनप्रतिनिधिको भुमिका विषयमा पत्रकार मदनराज जैशीले सहजीकरण गरेको संवादमा पालिकाले गरिरहेको काम, नीति तथा कार्यक्रम र हाल पालिकामा विकासको अवस्था लगायतको बारेमा साझा धारणा सहीत अब विकासमा सहकार्य रहने ९ वटै स्थानीय तहका जनप्रतिनिधीले प्रतिवद्धता व्यक्त गरेका छन् ।२०८० बैशाख २३ गते शनिबार नजिक न्युज संवाददाता
विहीबार साँझ कोटीलाको बीच गाउँमा रहेको पीपल चौतारामा बसीरहेको अबस्थामा चट्याङको झिल्का लागेर घाईते भएका छन् । उनले लगाएको लुगा जलेर पिठ्युँमा गम्भीर चोट समेत लागेको छ । घाइते रावतको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।